News Portal

धनकुटामा जीप दुर्घटना : आठ जना यात्रु घाइते, धरानमा उपचार जारी

हिमालीसंचार संवाददाता
१८८ पटक

धनकुटा, वैशाख २९ — साँगुरीगढी गाउँपालिका–३ को कुसेटारस्थित तमोर करिडोर सडक खण्डमा आइतबार राति भएको जीप दुर्घटनामा परी आठ जना यात्रु घाइते भएका छन्।

ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको जीप साँझ करिब १० बजेतिर अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा चितवन भरतपुर–११ की ४५ वर्षीया नमकला फुयाल, ४७ वर्षीय जयेश्वर पोखरेल, ३८ वर्षीया इसु पँगेनी, २२ वर्षीया निकिता फुयाल, जयेश्वरका १६ वर्षीय छोरा शिरिष पोखरेल, ४६ वर्षीया सावित्री अधिकारी, ५२ वर्षीय दिपचन्द्र घिमिरे र ४५ वर्षीय नवराज फुयाल घाइते भएका छन्।

घटनापछि स्थानीयको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ, जहाँ उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। तर, तीव्र गतिका कारण नियन्त्रण गुमिएर जीप कल्भर्टबाट खसेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...