News Portal

  • भारत–पाकिस्तानबीच आज पुनः सैन्य वार्ता, संघर्षविराम कार्यान्वयन र रणनीतिक सहकार्यमा छलफल हुने

    हिमालीसंचार संवाददाता
    २२६ पटक

    काठमाडौं, वैशाख २९ – चार दिनसम्म चर्किएको सैन्य तनावपछि भारत र पाकिस्तानका सेनाबीच आज सोमबार महत्त्वपूर्ण संवाद हुने पक्का भएको छ। दिउँसो १२ बजेका लागि तय गरिएको यो वार्तामा संघर्षविराम कार्यान्वयनका सर्तहरू र आगामी रणनीतिक सम्बन्धको स्पष्ट खाकाबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

    यो वार्ताले वैशाख १० गतेदेखि लागू गरिएको संघर्षविरामलाई थप मजबुत पार्ने विश्वास गरिएको छ। स्मरणीय छ, वैशाख १० गते साँझ ५ बजे भारत र पाकिस्तानबीच भएको आपसी सैन्य संवादपछि औपचारिक रूपमा संघर्षविराम घोषणा गरिएको थियो। तर पनि सीमामा केही दिन गोलीबारी र ड्रोन गतिविधिहरू जारी रहँदा वातावरण फेरि तनावपूर्ण बन्दै गएको थियो।

    उक्त सैन्य तनावको मूल जड वैशाख १० गतेभन्दा केही अघिको अप्रिल २२ तारिखमा जम्मु–कश्मीरको पाहलगाममा भएको आतङ्ककारी हमला थियो, जहाँ एक नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए। त्यसपछिको प्रतिक्रियामा भारतले पाकिस्तानको नियन्त्रण क्षेत्रमा रहेका नौवटा आतङ्ककारी शिविरहरूमा लक्षित आक्रमण गर्‍यो, जसलाई भारतीय सञ्चारमाध्यमहरूले ‘अपरेशन सिन्दूर’ नाम दिएका छन्।

    भारतले आफ्नो कारबाहीमा १०० भन्दा बढी आतङ्ककारी मारिएको दाबी गरेको छ भने पाकिस्तानले भारतीय आक्रमणको भर्त्सना गर्दै संघर्षविरामका लागि पहल गरेको जनाएको छ। पाकिस्तानका महानिर्देशक (डीजीएमओ) ले भारतीय समकक्षीसँग सम्पर्क गर्दै संघर्षविरामको प्रस्ताव राखेपछि भारतले सशर्त रूपमा स्वीकार गरेको हो।

    वार्ताको सन्दर्भमा भारतले स्पष्ट रूपमा यो संवाद द्विपक्षीय सैन्य प्रकृयाअन्तर्गत भइरहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको दाबी गर्दै आए पनि भारतले उक्त कुरालाई अस्वीकार गर्दै स्वतन्त्र ढंगले वार्ता अघि बढाइएको बताएको छ।

    संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले यो तनाव न्यूनीकरण भएको घटनालाई स्वागत गर्दै भारत र पाकिस्तानबीच दीर्घकालीन स्थायित्व र शान्तिका लागि वार्ता निरन्तर रहिरहुनुपर्ने सन्देश दिएका छन्।

    आजको वार्ताले दुबै राष्ट्रबीच विश्वासको वातावारण बनाउन र सीमावर्ती क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई न्यूनिकरण गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...