News Portal

कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा दूतावासको सिफ़ारिस अनिवार्य

हिमाली संचार संवाददाता
१४६२ पटक

कुवेत २८ नोभेम्बर : कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ ।

कुवेतस्थित नेपाली राजदूतावासका श्रम-सहचारी ज्ञ्यानेन्द्र शर्माका अनुसार दूतावासमा औपचारिक पत्र नआएको भएता पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र माग भइआएको हुदा कुवेतबाट छुट्टी जान चाहाने जो कोही नेपालीले दूतावास पुगि उक्त सिफ़ारिश पत्र लिनु पर्ने भएको छ ।

सिफ़ारिश पत्र लिदा एउटै कम्पनीमा काम गरी छुट्टी जाने नेपाली श्रमिकहरुलाइ कम्पनी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनि फेरबदल गरेकाहरुलाइ विशेष पत्र लेख्नु पर्ने हुदा छुट्टि जानु भन्दा १५ दीन पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने दूतावास स्रोतले जनाएको छ।

नेपाली श्रमिकहरुले सिफ़ारिस पत्र लिदा भिषा र कम्पनी एउटा भएमा ४ कुवेती दिनार(नेपाली रुपैया १,४८०), भिषा र कम्पनि फेरबदल भएमा १७ कुवेती दिनार(नेपाली रुपैया ६,२९०) लाग्ने दूतावासलाई उदृढ गर्दै कुवेतस्थित स्थानीय संचारमाद्याम निरेमअपडेटले समाचारमा उल्लेख गरेको छ।

पेश गर्नु पर्ने आबश्यक कागजातहरु
पुरानै कम्पनि भएकालाई कुवेतको सिभिल आईडि मात्र ।

नयाँ कम्पनी परिवर्तन गरेकाहरुको लागी
१ – कुवेतको सिभिल आईडि
२ – हाल कार्यरत कम्पनीको अटोमेटोकिया(कम्पनी लाईसेन्स) र स्पोन्सरको कुवेतको सिभिल आईडि कपि।
३ – कुवेत मिनिष्ट्री अफ पब्लिक वर्कद्वारा जारी कम्पनी र कामदार बीचको सम्झौता पत्र( दुबै पार्टीले सहि गरेको २ पेजको पत्र)
४ – कामदारको ईज्नामेल पेपर।

कुवेतमा रहेका श्रमिकहरुको संजालको प्रतिक्रिया हेर्नुहोस।

कुवेतमा रहेका नेपाली श्रमिकहरुलाई बोझ माथी बोझ थपिएको छ। केही हप्ता पहिले मात्रै कुवेत सरकारले नेपाली श्रमिकहरुको फिङर नगरीकन नयाँ भिसा लगाउन नमिल्ने नियम लागू गरेपछि कुवेतबाट कम्पनीको छुट्टी पास भएर बिमानस्थल पुगेका केही नेपालीहरुलाई फिङर गराएर मात्रै छुट्टी जान मिल्ने अन्यथा जान नमिल्ने भनेर फर्काईएको थियोे।

कुवेतमा कम्पनीको हकमा नेपालबाट पहिलोपटक कुवेत आउदा मात्रै फिङर गरे पछिल्लोपटक भिसा रिन्यु गर्न कामदार उपस्थित नभए पनि आबश्यक कागजात मात्रै भएपनि भिसा लगाउन सकिने नियम थियोे। तर कुवेतमा पछिल्लोपटक एउटै ब्यक्तिको राहादानी ५ जना ब्यक्ति कुवेत आएकोले सक्कली राहादानी बाहाकलाई समस्या उत्पन्न भएको बुझिएको छ। यस्तो कार्य नेपाली मेनपावर एजेन्टले मात्रै होईन बङ्गलादेशका मेनपावर एजेन्टहरुले पनि गैह्रकानुनी काम गरेर कुवेत भित्र्याएको बुझिएको छ। अब कुवेतमा नेपाली र बङ्गलादेशका नागरिकहरुलाई बिना फिङर भिसा रिन्यु गर्न नमिल्ने भएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...