News Portal

  • अदालतको आदेश : दुर्गा प्रसाईंलाई छुट नदिइने, उपचारको व्यवस्था मिलाउन निर्देशन

    संगीता गुरुङ
    १९९ पटक

    काठमाडौं, वैशाख २१ – राजसंस्था पुनः स्थापनाको माग गर्दै सञ्चालनमा आएको संयुक्त जनआन्दोलन समितिका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न नपाइने अदालतले निर्णय सुनाएको छ। तर, उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचारको व्यवस्था गर्न भने आदेश दिइएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। सोही क्रममा अदालतले प्रसाईंको उपचारका लागि उचित प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ।

    प्रसाईंले इजलास समक्ष आफू क्यान्सरको बिरामी भएको र नियमित उपचार आवश्यक रहेको बताएका थिए। यसअघि पनि उनले त्यही कारण देखाउँदै साधारण तारेखमा छोड्न आग्रह गरेका थिए। तर, अदालतले उनको माग अस्वीकार गर्दै भनेको छ, “प्रसाईंविरुद्धको मुद्दा अझै अनुसन्धानकै क्रममा रहेकोले रिहा गर्न सकिने अवस्था छैन।”

    अदालतको आदेशमा भनिएको छ, “प्रतिवादी प्रसाईंको ज्यानसम्बन्धी कसुरमा बयान गराउने प्रक्रिया बाँकी रहेकाले साधारण तारेख वा हाजिर जमानीमा छाड्न मिल्दैन। तर, स्वास्थ्य उपचार भने व्यवस्थित गर्नू।”

    चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनःस्थापनाको माग गर्दै आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाकर्मीमाथि आक्रमण तथा अराजकता सृजना गरिएको आरोपमा प्रसाईंसहित अन्य नेता कार्यकर्तामाथि अनुसन्धान थालिएको हो। घटनापछि फरार रहेका प्रसाईं भारतको असमसम्म पुगेका थिए। त्यहाँबाट पक्राउ गरी चैत २९ गते नेपाल फर्काइएको थियो।

    उनका अंगरक्षक दीपक खड्कासमेत प्रहरीले सँगै पक्राउ गरेको थियो। प्रसाईंमाथि राज्यविरुद्धको गतिविधि, संगठित अपराध तथा ज्यान मार्ने उद्योगजस्ता गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...