News Portal

आदर्श विद्यालयको घरदैलो भर्ना अभियान सुरु

रबिन्द्र बराल
१९४ पटक

मोरङ, वैशाख २१ – रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयले बैशाख २१ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने मूल नाराका साथ विद्यालयले घरदैलो अभियान सुरु गरेको हो।

विद्यालयले बालवर्गदेखि कक्षा ९ सम्मको भर्ना सुरु गरेको जनाएको छ।

शिक्षकहरूको २९ दिन लामो आन्दोलन पछि सरकारले सहमति गरेपछि विद्यालय फर्किएका शिक्षकहरू अहिले गाउँघरमा पुगेर विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिइरहेका छन्।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरूले घरघरमा पुगेर विद्यालय जाने र नगएका ४ वर्ष उमेरदेखि माथिका बालबालिका तथा अभिभावकहरूलाई विद्यालय पठाउन सम्झाइबुझाइ गरिरहेका छन्।

सरकारले कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहोस् भन्नका लागि विभिन्न अभियान सञ्चालन गरे पनि यस क्षेत्रका धेरै बालबालिका गरिबीको कारण विद्यालय जान नसकेको देखिएको छ।

बर्षेनि शिक्षामा करोडौँ रुपैयाँ खर्च हुँदाहुँदै पनि त्यसको सन्तोषजनक उपलब्धि नदेखिँदा त्यो प्रयास ‘बालुवामा पानी खन्याए’ सरह भएको आलोचना हुने गरेको छ।

वि.सं. २०४१ सालमा स्थापना भएको आदर्श माध्यमिक विद्यालयमा हाल करिब १०० जना विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रधानाध्यापक विश्वशेर सिंह मेवाहाङ्गले जानकारी दिए।

उनका अनुसार शिक्षक आन्दोलनको समयमा विद्यार्थीहरूले पढ्न नपाएकाले बर्खे बिदाबाट कटौती गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...