News Portal

राजसंस्थालाई फर्काउने सपना देख्नु व्यर्थ – माधवकुमार नेपाल

संगीता गुरुङ
२२६ पटक

काठमाडौं, वैशाख १८ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लागू भएको संघीय लोकतान्त्रिक संविधानको १० वर्षे यात्रापछि अब त्यसको गहिरो समीक्षा र पुनरावलोकन आवश्यक भएको बताएका छन्।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का अवसरमा काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले २०७२ सालमा संविधान जारी गर्दा जनताको मौलिक अधिकारलाई सुनिश्चित गरिएको स्मरण गराउँदै संविधानले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत अधिकारलाई कानुनी रूपमा स्थापित गरेको उल्लेख गरे।

उनले भने, “संविधान संशोधन गर्न सत्तारूढ शक्तिहरूले पहिले सहमति गरे पनि अब त्यसबाट पछि हट्न खोजिरहेको देखिन्छ। संविधानलाई अझ सबल र जनमुखी बनाउँदै लैजानुपर्ने बेला हो, तर उल्टै पन्छाउने संकेत देखा पर्नु चिन्ताको विषय हो।”

राजसंस्थाको पुनर्स्थापनाका लागि केही समूहले गरिरहेको प्रयासप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष नेपालले इतिहासले विस्थापित गरिसकेको राजसंस्थालाई फर्काउने सपना देख्नु व्यर्थ भएको बताए। “त्यो सपना केवल दिवा–स्वप्न हो। प्रतिगामी सोच बोकेकाहरूको आमसभा हिंसात्मक देखियो, तर समाजवादी मोर्चाको कार्यक्रम अनुशासित, सकारात्मक र जनतामुखी रह्यो,” उनले प्रष्ट पारे।

उनले जनताकै छोराछोरी उच्च जिम्मेवारीमा पुग्ने प्रणालीलाई स्थापित गर्न सकेको लोकतान्त्रिक गणतन्त्रको सफलतालाई अझ मजबुत बनाउँदै लैजानु आजको आवश्यकता भएको बताए।

अध्यक्ष नेपालको धारणा अनुसार, संविधानलाई जनताको पक्षमा थप प्रभावकारी बनाउँदै लोकतान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने समय आएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...