News Portal

  • सन्थाल समुदायका छोरीचेलीहरूलाई अव्वल बनाउन मन्टेश्वरी तालिम दिँदै

    रबिन्द्र बराल
    १११ पटक

    मोरङ, वैशाख १८ – रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलालाई लक्षित गर्दै पहिलोपटक तीन महिनाको मन्टेश्वरी कक्षाको तालिम सञ्चालन गरेको छ। तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरू सहभागी भएका छन्। नगरपालिकाले सन्थाल समुदायका छोरीहरूले राम्रो शिक्षा प्राप्त गरे पनि प्रायः घरमै बसेर समय बिताउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो तालिम सुरु गरेको हो।

    अनुगमनका क्रममा मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, वडा अध्यक्ष भरत प्रसाईं, रामचन्द्र मण्डल लगायतले तालिममा सहभागी महिलासँग तालिमसम्बन्धी जानकारी लिएका थिए।

    यस तालिमले सन्थाल समुदायका महिलाहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई शिक्षाको क्षेत्रमा योगदान गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ। तीन महिनासम्म सञ्चालन हुने तालिम चैत्र २५ गतेदेखि सुरु भई असार १५ गते सम्पन्न हुने छ। तालिम श्री रत्न माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ।

    उक्त तालिम सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आयोजनामा भएको हो। मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टरकी भावना खवारले तालिम दिइरहेकी छन्।

    रंगेली नगरपालिकाका मेयर दिलिप वगडियाका अनुसार तालिमपछि नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा पनि मन्टेश्वरी कक्षा सञ्चालन गरिनेछ। साथै, तालिमपछि सहभागीहरूलाई रोजगारीका अवसर प्रदान गर्न नगरपालिकाले पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

    तालिममा सहभागी सन्थाल समुदायका महिलाहरूको शैक्षिक योग्यता SLC देखि स्नातकसम्म देखिएको जानकारी पाएपछि आफू निकै खुसी भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा साथ र सहयोग रहने प्रतिवद्धता मेयर वगडियाले व्यक्त गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...