News Portal

सन्थाल समुदायका छोरीचेलीहरूलाई अव्वल बनाउन मन्टेश्वरी तालिम दिँदै

रबिन्द्र बराल
३०६ पटक

मोरङ, वैशाख १८ – रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलालाई लक्षित गर्दै पहिलोपटक तीन महिनाको मन्टेश्वरी कक्षाको तालिम सञ्चालन गरेको छ। तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरू सहभागी भएका छन्। नगरपालिकाले सन्थाल समुदायका छोरीहरूले राम्रो शिक्षा प्राप्त गरे पनि प्रायः घरमै बसेर समय बिताउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो तालिम सुरु गरेको हो।

अनुगमनका क्रममा मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, वडा अध्यक्ष भरत प्रसाईं, रामचन्द्र मण्डल लगायतले तालिममा सहभागी महिलासँग तालिमसम्बन्धी जानकारी लिएका थिए।

यस तालिमले सन्थाल समुदायका महिलाहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई शिक्षाको क्षेत्रमा योगदान गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ। तीन महिनासम्म सञ्चालन हुने तालिम चैत्र २५ गतेदेखि सुरु भई असार १५ गते सम्पन्न हुने छ। तालिम श्री रत्न माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ।

उक्त तालिम सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आयोजनामा भएको हो। मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टरकी भावना खवारले तालिम दिइरहेकी छन्।

रंगेली नगरपालिकाका मेयर दिलिप वगडियाका अनुसार तालिमपछि नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा पनि मन्टेश्वरी कक्षा सञ्चालन गरिनेछ। साथै, तालिमपछि सहभागीहरूलाई रोजगारीका अवसर प्रदान गर्न नगरपालिकाले पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

तालिममा सहभागी सन्थाल समुदायका महिलाहरूको शैक्षिक योग्यता SLC देखि स्नातकसम्म देखिएको जानकारी पाएपछि आफू निकै खुसी भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा साथ र सहयोग रहने प्रतिवद्धता मेयर वगडियाले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...