News Portal

रंगेलीमा भएको आगलागी पीडितलाई सद्भावको सहयोग

रबिन्द्र बराल
२३४ पटक

मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी हुँदा खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएका छन्। आगलागीपछि दुई पीडित परिवारलाई रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ।

टिनको छानो र बाँसको टाटिबेरा भएको दुई वटा भुईं तल्ले घरमा विद्युत सर्ट भई आगलागी भएको थियो। आगलागीपछि उनीहरू हाल अर्काको घरमा शरण लिन बाध्य छन्।

सामाजिक कार्यलाई निरन्तरता दिँदै सद्भाव बचत तथा ऋण सहकारी संस्थाले चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री पीडित परिवारलाई वितरण गरेको छ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद, खसी, बाख्रा लगायत गरी दुई परिवारको करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...