News Portal

एनआरएनए महाधिवेशनका लागि राष्ट्रपति पौडेललाई निमन्त्रण

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौँ, वैशाख १५ – यही वैशाख २० देखि २२ गतेसम्म (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा प्रदान गरिएको छ।

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट गर्दै एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरूले राष्ट्रपति पौडेललाई औपचारिक निम्तो दिएका हुन्।

उक्त अवसरमा समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनका अनुसार हालसम्म करिब ३,२०० जना एनआरएनले डेलिगेटका रूपमा नाम दर्ता गराएका छन्। अर्की सदस्यसचिव रबिना थापाले विभिन्न देशबाट प्रतिनिधिहरू काठमाडौँ आइपुग्न थालिसकेको बताइन्।

सदस्य कुल आचार्यले भने महाधिवेशन सर्वोच्च अदालतको परमादेश अनुसार, कानुनी मान्यता र विधिको पालना गर्दै सञ्चालन हुन लागेको स्पष्ट गरे। उनले महाधिवेशनबारे विभिन्न भ्रम फैलाउने प्रयास भइरहेको भए पनि तोकिएको मितिमै अधिवेशन सम्पन्न हुने बताए।

राष्ट्रपतिले निमन्त्रणा स्वीकृत गर्दै सर्वोच्च अदालतको परमादेशको भावनाअनुसार महाधिवेशन सम्पन्न गर्न सुझाव दिएका छन्। उनले कानुनी राज्यको सुदृढीकरणका लागि सबै पक्ष एकजुट भई एकता प्रदर्शन गर्नु जरुरी रहेकोमा जोड दिए।

उच्चस्तरीय समितिका सदस्य आचार्यका अनुसार राष्ट्रपति पौडेलले वैशाख २० गते होटल हायातमा हुने उद्घाटन सत्रमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रपति पौडेलसँगको भेटमा समितिका जानकी गुरुङ, कुल आचार्य, रबिना थापा साथै अभियन्ताहरू चिन्तामणि सापकोटा, बुद्धि सुवेदी, कुन्दन कार्की, दीपेश खत्री लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...