News Portal

एनआरएनए महाधिवेशनका लागि राष्ट्रपति पौडेललाई निमन्त्रण

हिमालीसंचार संवाददाता
३४९ पटक

काठमाडौँ, वैशाख १५ – यही वैशाख २० देखि २२ गतेसम्म (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा प्रदान गरिएको छ।

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट गर्दै एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरूले राष्ट्रपति पौडेललाई औपचारिक निम्तो दिएका हुन्।

उक्त अवसरमा समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनका अनुसार हालसम्म करिब ३,२०० जना एनआरएनले डेलिगेटका रूपमा नाम दर्ता गराएका छन्। अर्की सदस्यसचिव रबिना थापाले विभिन्न देशबाट प्रतिनिधिहरू काठमाडौँ आइपुग्न थालिसकेको बताइन्।

सदस्य कुल आचार्यले भने महाधिवेशन सर्वोच्च अदालतको परमादेश अनुसार, कानुनी मान्यता र विधिको पालना गर्दै सञ्चालन हुन लागेको स्पष्ट गरे। उनले महाधिवेशनबारे विभिन्न भ्रम फैलाउने प्रयास भइरहेको भए पनि तोकिएको मितिमै अधिवेशन सम्पन्न हुने बताए।

राष्ट्रपतिले निमन्त्रणा स्वीकृत गर्दै सर्वोच्च अदालतको परमादेशको भावनाअनुसार महाधिवेशन सम्पन्न गर्न सुझाव दिएका छन्। उनले कानुनी राज्यको सुदृढीकरणका लागि सबै पक्ष एकजुट भई एकता प्रदर्शन गर्नु जरुरी रहेकोमा जोड दिए।

उच्चस्तरीय समितिका सदस्य आचार्यका अनुसार राष्ट्रपति पौडेलले वैशाख २० गते होटल हायातमा हुने उद्घाटन सत्रमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रपति पौडेलसँगको भेटमा समितिका जानकी गुरुङ, कुल आचार्य, रबिना थापा साथै अभियन्ताहरू चिन्तामणि सापकोटा, बुद्धि सुवेदी, कुन्दन कार्की, दीपेश खत्री लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...