News Portal

काठमाडौंमा आन्दोलन चर्कियो, शिक्षक महासंघको सबैलाई एकजुट हुन आह्वान

संगीता गुरुङ
२५१ पटक

काठमाडौं, वैशाख १५ — आइतबार बानेश्वरमा भएको घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै देशभरका शिक्षक तथा कर्मचारीहरूलाई काठमाडौंमा भेला हुन अपिल गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको कडा भर्त्सना गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई ऐक्यबद्ध हुन आग्रह गर्नुभएको छ।

बानेश्वरस्थित प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा ६२ जना शिक्षक, कर्मचारी र सञ्चारकर्मीहरू घाइते भएका छन्। तीमध्ये करिब एक दर्जनको अवस्था गम्भीर रहेको बताइएको छ।

महासंघले सरकारले संरक्षण गरेको समूहले स्थिति विगारेर प्रहरीले पानीको फोहोरा, ढुङ्गामुढा र लाठीचार्जसमेत गरेको आरोप लगाएको छ। महासंघले घाइतेहरूको उपचार सरकारले निशुल्क गराउनुपर्ने माग गर्दै, सरकारको दमनकारी व्यवहारको कडा निन्दा गरेको छ।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कुनै हालतमा कार्यक्षेत्रमा नफर्किने अडान लिएको छ। आन्दोलन अझ व्यापक बनाइने महासंघले स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...