News Portal

काठमाडौंमा आन्दोलन चर्कियो, शिक्षक महासंघको सबैलाई एकजुट हुन आह्वान

संगीता गुरुङ
२१० पटक

काठमाडौं, वैशाख १५ — आइतबार बानेश्वरमा भएको घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै देशभरका शिक्षक तथा कर्मचारीहरूलाई काठमाडौंमा भेला हुन अपिल गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको कडा भर्त्सना गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई ऐक्यबद्ध हुन आग्रह गर्नुभएको छ।

बानेश्वरस्थित प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा ६२ जना शिक्षक, कर्मचारी र सञ्चारकर्मीहरू घाइते भएका छन्। तीमध्ये करिब एक दर्जनको अवस्था गम्भीर रहेको बताइएको छ।

महासंघले सरकारले संरक्षण गरेको समूहले स्थिति विगारेर प्रहरीले पानीको फोहोरा, ढुङ्गामुढा र लाठीचार्जसमेत गरेको आरोप लगाएको छ। महासंघले घाइतेहरूको उपचार सरकारले निशुल्क गराउनुपर्ने माग गर्दै, सरकारको दमनकारी व्यवहारको कडा निन्दा गरेको छ।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कुनै हालतमा कार्यक्षेत्रमा नफर्किने अडान लिएको छ। आन्दोलन अझ व्यापक बनाइने महासंघले स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...