News Portal

एनआरएनए एकता महाधिवेशन : काठमाडौँमा प्रतिनिधिहरूको आगमन सुरु

हिमालीसंचार संवाददाता
२२६ पटक

काठमाडौँ, वैशाख १५ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधिहरू काठमाडौँ आउन थालेका छन्। सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा महाधिवेशन गर्ने तयारी गरेको हो।

समितिकी सदस्य सचिव जानकी गुरुङका अनुसार, विभिन्न देशहरूबाट एनआरएनए अभियन्ताहरूको नेपाल आगमन तीव्र गतिमा बढिरहेको छ। महाधिवेशनका लागि हालसम्म करिब ३२०० जनाले प्रतिनिधि बन्न आवेदन दिएका छन्।

समितिले राजधानीमा भौतिकरूपमा आयोजना हुने महाधिवेशनका सम्पूर्ण तयारीहरू पूरा भइसकेको जनाएको छ। महाधिवेशन रोक्न गरिएका प्रयासहरूले सहभागी प्रतिनिधिहरूलाई ठूलो आर्थिक र भावनात्मक क्षति पुग्ने भन्दै समितिले सबैलाई कार्यक्रम सफल बनाउन आह्वान गरेको छ।

एनआरएनए अमेरिकाका डा. सूर्य लम्सालले भने, “हामीले बिदा मिलाएर, महँगो टिकट काटेर महाधिवेशनमा सहभागी हुन आएका हौँ। अब कुनै पनि बहानामा महाधिवेशन रोक्नु हामी सबैका लागि ठूलो घाटा हुनेछ।” बेलायत निवासी अभियन्ता आरके त्रिपाठीले पनि सबै पक्षलाई एकताको भावनाका साथ महाधिवेशनमा सहभागी हुन अनुरोध गर्दै भने, “अब जुँगाको लडाइँमा नफसौं, सबैले मिलेर समस्याको समाधान खोजौं।”

काठमाडौँको ठमेल, दरबारमार्ग लगायत क्षेत्रहरूमा एनआरएनए अभियन्ताहरूको चहलपहल बढ्न थालेको छ, जसले स्थानीय व्यवसायमा समेत उत्साह थपेको छ। समितिका संयोजक शेष घलेका अनुसार महाधिवेशनबाट करिब ३० करोड रुपैयाँ नेपाली अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

अभियन्ता आरके शर्माले एकीकृत एनआरएनए निर्माणका लागि महाधिवेशन अनिवार्य रहेको बताए। उनले केही समूहले संघ कब्जा गर्न चाहेको आरोप पनि लगाए।

संयोजक घलेले गत शुक्रबार एकता महाधिवेशनको पक्षमा अपिल गर्दै बद्री केसी पक्षले सरकारको सहयोगमा महाधिवेशन स्थगित वा सार्न खोज्नु उपयुक्त नहुने स्पष्ट पारे। “वैशाख २० देखि २२ सम्म काठमाडौँमा एकता महाधिवेशन सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ। निर्वाचन तालिका प्रकाशित भइसकेको छ, धेरै प्रतिनिधिहरू छुट्टी मिलाएर नेपाल आइपुगेका छन्,” उनले भने।

घलेले सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधान र उच्चस्तरीय समितिको कार्यविधिका आधारमा महाधिवेशन वैधानिक रूपमा आयोजित हुँदै गरेको बताए। साथै, नेपाल सरकारका प्रतिनिधिहरू बैठकमा सहभागी भइरहेकाले वैधानिकतामा कुनै शंका नरहेको प्रस्ट पारे।

उनले गैर आवासीय नेपाली नागरिकता र लगानी प्रवर्द्धनजस्ता महत्वपूर्ण मुद्दाहरूमा सरकारसँग एकताबद्ध भएर वार्ता गर्नुपर्ने बताए।

तर, बद्री केसी पक्षले भने तयारीको अपुगता देखाउँदै महाधिवेशनलाई पछि सार्नुपर्ने अडान लिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...