News Portal

खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा अस्तव्यस्त

संगीता गुरुङ
३०७ पटक

काठमाडौं, वैशाख १४ – देशभरको मौसममा आएको खराबीका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएका छन्। आइतबार दिउँसोदेखि लगातार बिग्रिएको मौसमका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले मौसम अनुकूल नभएकाले उडानहरू ढिलो भइरहेको जानकारी दिनुभयो। मौसम प्रतिकूलताका कारण विराटनगर, पोखरा, भैरहवा लगायतका विभिन्न गन्तव्यतर्फका आन्तरिक उडानहरू मात्र होइन, भारतको दिल्ली उडान समेत प्रभावित भएको छ। नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान एक घण्टा ढिलो भएको जनाइएको छ।

विराटनगर उडानका लागि दिउँसो तीन बजेदेखि विमानस्थलमा उपस्थित पत्रकार विवेक गौतमले अहिलेसम्म उडान सञ्चालन नभएको गुनासो गर्नुभएको छ। विमानस्थलमा सयौँ यात्रुहरू उडानको प्रतीक्षामा अलपत्र परेका छन्। लगातार बढ्दो भीड र उडान अवरोधले विमानस्थलको चाप व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...