News Portal

जनकपुर विषकाण्ड: तीन सन्तानपछि आमाको पनि निधन, शिशुको अवस्था सुधारोन्मुख

संगीता गुरुङ
३३६ पटक

जनकपुरधाम, वैशाख १२ – धनुषाको शहिदनगर–५ बस्ने पविता कुमारी साहको जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। आफ्ना तीन सन्तानसहित विष सेवन गरेकी ३० वर्षीया पविता सोमबारदेखि गम्भीर अवस्थामा थिइन्।

पविताको आज बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए। सोमबार बिहानै घरभित्र बेहोश अवस्थामा फेला परेकी उनी र उनका सन्तानहरूलाई तत्कालै जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो।

तर, अस्पतालले उनका तीन सन्तान – ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति र २ वर्षीया छोरी आरुसीलाई मृत घोषित गरेको थियो। गम्भीर अवस्थामा रहेकी पवितालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी गर्भवती थिइन्।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नदेखिएपछि उनलाई राम जानकी अस्पतालमा सारिएको थियो। त्यहाँ शल्यक्रिया गरेर गर्भमा रहेको शिशु निकालिएको हो। चिकित्सकहरूका अनुसार शिशुको अवस्था हाल सुधारोन्मुख छ।

शल्यक्रिया गर्ने बेलासम्म पनि पविताको परिवारबाट कोही अस्पतालमा पुगेका थिएनन्। अन्ततः छिमेकीहरूले मन्जुरीनामा हस्ताक्षर गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाएका थिए। पविताका श्रीमान् सुशील साह, जो राइस मिल सञ्चालन गर्नुका साथै ट्याक्टर चालकसमेत हुन्, अस्पतालमा नदेखिएको प्रहरीले जनाएको छ। उनका बुवा नारायण साह स्थानीय वडा सदस्य हुन्।

प्रहरी अनुसन्धानमा प्रारम्भिक रूपमा घरायसी झगडाकै कारण पविताले सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ। तर, यो घटना एक पक्षीय मात्रै नभई शंकास्पद देखिएको भन्दै माइती पक्षले पविता लामो समयदेखि शारीरिक र मानसिक यातनामा परेको आरोप लगाएका छन्।

पविताको उपचारका क्रममा परिवारको भूमिकाविहीनता, अस्पतालसम्म नआएको व्यवहार र घटनाको शैलीलाई मध्यनजर गर्दै प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...