News Portal

ट्राफिक प्रहरीको कुटपिटको अर्को भिडियो पनि सार्वजनिक, अनुसन्धानमा प्रहरी प्रशासन

संगीता गुरुङ
२५० पटक

काठमाडौं, वैशाख १२ – राजधानी काठमाडौंमा ट्राफिक प्रहरीको आक्रोशपूर्ण व्यवहारसम्बन्धी अर्को भिडियो सार्वजनिक भएको छ। पछिल्लो पटक सार्वजनिक भएको भिडियोमा एक युवकलाई लखेटी कुटपिट गरिरहेको दृश्य प्रष्ट देख्न सकिन्छ।

भिडियोमा देखिएअनुसार युवकले आफूले के गल्ती गर्‍यो भन्ने प्रश्न गरिरहँदा, ट्राफिक प्रहरीले “किन भागिस?” भन्दै शारीरिक दुर्व्यवहार गरिरहेको देखिन्छ। घटनास्थल र समय खुल्न बाँकी रहे पनि भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले यस घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएका छन्। “भिडियो कहाँको र कहिलेको हो भनेर बुझ्न निर्देशन दिइसकेको छु,” घिमिरेले हिमाली सञ्चार टिमसँगको कुराकानीमा बताए।

यसअघि पनि बिहीबार मात्रै सुन्धारास्थित सडकमा ट्राफिक प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडियो भाइरल भएको थियो। सो घटनाको पुष्टि भएसँगै चार जना प्रहरीलाई जनसेवा प्रहरी वृत्तबाट हटाएर छानबिन सुरू गरिएको थियो। उक्त घटना मंसिर २३ गते भएको पुष्टि भइसकेको छ।

सामाजिक सञ्जालमा प्रहरीको यो व्यवहारलाई लिएर चर्को आलोचना भइरहेको छ। निरन्तर यस प्रकारका भिडियोहरू सार्वजनिक हुनुले ट्राफिक प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ। यस विषयमा प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धान र आवश्यक कारबाही गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...