News Portal

बुढीगंगा नदीमा हामफालेका एक युवाको ज्यान गयो, दुई जना घाइते

संगीता गुरुङ
२३७ पटक

कैलाली, वैशाख १२ – बाजुराको बुढीगंगा नदीमा एकैपटक हामफालेका तीन जना व्यक्तिमध्ये एक जनाको ज्यान गएको छ भने दुई जना घाइते अवस्थामा उद्धार गरिएको छ।

स्थानीय त्रिवेणीधाममा पितृकार्यका लागि पुगेका खप्तड छेडेदह गाउँपालिका–५ डोगडी निवासी २६ वर्षीय गणेश नेपालीको नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो।

गणेश नेपालीसँगै रहेका त्रिवेणी नगरपालिका–८ की ३२ वर्षीया अञ्जली नेपाली र २७ वर्षीय दीपक नेपाली पनि नदीमा हामफालेका थिए। ‘देउता आयो’ भन्दै तीनै जना एकसाथ नदीमा हामफालेको बताइएको छ।

घटनामा गणेशको घटनास्थलमै मृत्यु भएको छ भने अञ्जली र दीपक घाइते भएका छन्। घाइतेहरूको हाल अछामस्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय धार्मिक आस्थाले प्रेरित भएर नदीमा हामफालिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...