News Portal

एमसीसी बन्द गर्ने तयारीमा अमेरिका: डजले सुरु गर्‍यो कर्मचारी कटौती

हिमालीसंचार संवाददाता
२६८ पटक

वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी खर्च कटौती विभाग ‘डज’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने तयारी थालेको छ।

संघीय सरकारको खर्च घटाउने अभियानको हिस्सास्वरूप विकासशील राष्ट्रहरूलाई आर्थिक सहायता दिने एमसीसीलाई पूर्ण रूपमा बन्द गर्न लागिएको हो। डजले हालै कर्मचारीहरूलाई पठाएको इमेलमा कार्यक्रम र जनशक्तिमा ठूला कटौती हुने स्पष्ट रूपमा उल्लेख गरिएको छ।

एक स्रोतका अनुसार डजका अधिकारीहरू एमसीसीमा कार्यभार सम्हालेको एक हप्ता नपुग्दै यस्तो सूचना पठाइएको हो। मे ५ भित्र अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा पठाउने तयारी भइरहेको जनाइएको छ।

कानुन अनुसार एजेन्सीमा कार्यकारी सीईओ चाहिने भएकाले उनलाई मात्र राखेर बाँकी सबै कर्मचारी हटाउने योजना बनाइएको छ।

डजले यसअघि पनि अमेरिकी विदेशी सहायता कार्यक्रमहरूमा ठूला कटौती गर्दै आएको थियो। यूएसएड बन्द गर्ने प्रक्रिया अघि बढाइसकेपछि शान्तिका लागि काम गर्ने संस्था र अफ्रिकी विकास फाउन्डेशन पनि बन्द गरिएका छन्। यस्ता निर्णयहरूमाथि कानुनी चुनौतीसमेत देखा परिरहेका छन्।

सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा स्थापना गरिएको एमसीसीले नेपाल, युक्रेन, एल साल्भाडोरलगायत दर्जनौँ विकासशील राष्ट्रलाई पूर्वाधार निर्माण र नीतिगत सुधारका लागि सहयोग गर्दै आएको छ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पका रूपमा अमेरिकाले एमसीसी ल्याएको विश्लेषकहरूको बुझाइ छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...