News Portal

शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

रबिन्द्र बराल
३३८ पटक

मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द हुँदा, रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत विभिन्न ठाउँका विद्यार्थीहरू गाउँघरका खोलानालामा नुहाउने र दिनभर खेल्ने गरिरहेका छन्।

स्थानियका अनुसार, अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका छन्। सामुदायिक विद्यालयहरूमा भने गरिब तथा अति विपन्न परिवारका बालबालिकाहरू मात्रै पढ्ने गरेका छन्।

विद्यालयहरू बन्द हुँदा अभिभावकहरू आफ्ना छोराछोरीको पढाइ रोकिएकोमा चिन्तित हुन थालेका छन्। कक्षा १० को परीक्षा सकिएलगत्तै शिक्षकहरू राजधानीमा भेला भई आन्दोलनमा उत्रिएका हुन्। अहिले देशभरका करिब साढे पाँच लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ, तर सरकार पक्षले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन नबनुन्जेल विद्यालय नफर्कने अडान लिएका छन्। नयाँ शैक्षिक सत्र सुरु भइसकेको भए पनि ‘घरदैलो अभियान’, विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण जस्ता महत्वपूर्ण कार्यहरू अझै सम्पन्न हुन सकेका छैनन्। शिक्षकहरूले माग गरेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि संसद्मा अल्झिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...