News Portal

१५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

संगीता गुरुङ
२८९ पटक

काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै विभिन्न पार्टी र समूहहरूमा सक्रिय ७७ जना नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएको छ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को अध्यक्षता रहेको थियो भने प्रवक्ता प्रकाण्डले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले लामो समयदेखि चलेको कम्युनिस्ट आन्दोलनले अझै पनि जनताको अपेक्षाअनुसारको परिणाम दिन नसकेको उल्लेख गरे। उनले माओवादी आन्दोलनसमेत जनतामुखी बन्न नसकेको भन्दै अहिले दलाल पुँजीवाद र सामन्तवाद फेरि उदाउँदै गएको अवस्थामा आजको दिनले नयाँ जागरण ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी नेकपा (माले)का केन्द्रीय सदस्य तिलक नौपानेले पार्टीको इतिहास स्मरण गर्दै, कम्युनिस्ट आन्दोलनमा पटक–पटकको फुटको कारण अग्रगमन कमजोर भएको बताए। उनले नेताहरूबीच मिलाप नहुँदा तल्लो तहमा एकता आवश्यक रहेको धारणा राखे।

श्रमजीवी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवराज भट्टले विगतमा १८ पटक माओवादी घटकहरू विभाजित भएको स्मरण गर्दै, नेपाली समाजको विशेषतालाई आत्मसात गर्ने समाजवादका लागि नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व लिनुपर्ने बताए।

पार्टीमा प्रवेश गर्नेहरूमा नेकपा (माले)का तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीसहित ४ जना, एसएस कलेज कीर्तिपुरबाट वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, च्याउ विज्ञ ऋषि लाल तामाङ, र नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा पूर्व एसपी वीरबल थापासहित ४ जना रहेका छन्।

कार्यक्रमको समापनमा नेपाल कम्युनिस्ट पार्टीले नयाँ प्रवेशकर्ताहरूलाई स्वागत गर्दै राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र समाजवादी परिवर्तनको यात्रामा सामूहिक रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्‍यो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...