News Portal

रतुवामाईको कोल्ड स्टोर सञ्चालनमा आएन

रबिन्द्र बराल
१६३ पटक

मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

करीब ७ वर्षअघि कृषकहरूलाई लक्षित गरेर निर्माण थालिएको कोल्ड स्टोर समयमै निर्माण सकिएको भए पनि हालसम्म सञ्चालनमा नआएपछि कृषकहरू निरुत्साहित भएका छन्।

सो क्षेत्रमा करिब ९५ प्रतिशत जमिन खेतीयोग्य भए पनि कृषकहरूले उत्पादन गर्ने आलु, प्याज लगायतका तरकारी सामग्री केही समयका लागि सुरक्षित राख्न नगरपालिकाले करिब १ करोड रुपैयाँको लागतमा कोल्ड स्टोर निर्माण गरेको थियो।

कृषकहरूका लागि सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा नआउँदा यो बेकामे भएको स्थानीय रञ्जित कुमार साहले बताए। “सरकारले कृषकहरूका लागि बनाएको कोल्ड स्टोर सञ्चालनमा नआएपछि कागलाई बेल पाक्यो, हर्ष न बिस्मात भएको छ,” उनले भने।

झुर्कियाको वडा कार्यालयको प्राङ्गणमा निर्माण गरिएको कोल्ड स्टोर वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको आँखै अगाडि भए पनि सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारी मानिकचन्द्र पौदारले गुनासो गरे।

वडा अध्यक्ष अमन किशोर सिंहका अनुसार कोल्ड स्टोर सञ्चालनका लागि आवश्यक कार्यविधि नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको हो। उनले नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्वीकार गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...