News Portal

राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

संगीता गुरुङ
२५२ पटक

काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित क्षेत्रको सीमासम्म पुगेर रोकिन पुगेको छ। केही आक्रोशित प्रदर्शनकारी निषेधित घेरा पार गर्न उद्यत भएपछि सुरक्षाकर्मीहरूले माइकिङ गर्दै स्पष्ट चेतावनी दिएका थिए– निषेधित क्षेत्र उल्लंघन भए कानुनी कारबाही अनिवार्य हुन्छ।

प्रहरीको चेतावनीपछि प्रदर्शनकारीहरू झनै आक्रोशित बनेर विभिन्न नारा लगाउन थालेका थिए। यद्यपि, राप्रपाले सामूहिक गिरफ्तारी दिने घोषणा गरे पनि आजको प्रदर्शनमा पार्टीका शीर्ष नेताहरू सहभागी भएनन्।

राप्रपाका नेता विक्रम पाण्डे नाराबाजी गर्दै निषेधित घेरासम्म पुगेका थिए, तर उनी त्यहाँबाट तुरुन्तै फर्किए। नेताहरू उपस्थित नहुँदा केही प्रदर्शनकारीहरूले निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण त रह्यो, तर निषेधित क्षेत्र पार गर्ने प्रयास, नाराबाजीको तीव्रता र नेताहरूको अनुपस्थितिले राजनीतिक वृत्तमा प्रश्न र टिप्पणी उठाएका छन्।

राप्रपाले किन शीर्ष नेताहरूलाई प्रदर्शनमा अगाडि ल्याएन? के यो रणनीतिक निर्णय थियो, या आकस्मिक अवस्था? यी सबै विषयले राप्रपाको वर्तमान आन्दोलनलाई थप चासोको केन्द्रमा ल्याएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...