News Portal

कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

संगीता गुरुङ
३१७ पटक

काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी छन्। उनी गण्डकी प्रदेशको पोखरा महानगरपालिका–१७ मा सुरु हुन लागेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन्।

मानवसेवा फाउन्डेसनका संस्थापक विजयकृष्ण मूर्तिका अनुसार, देवी प्रतिभाले आज हुने कोटिहोम कार्यक्रममा समुद्घाटन गर्दै कथा वाचनको सुरुवात गर्नेछिन्। कार्यक्रम १४ दिनसम्म चल्नेछ र उनी प्रत्येक दिन गायत्री महिमा र धार्मिक शिक्षामूलक कथा प्रस्तुत गर्नेछिन्।

उनको टोलीमा व्यावसायिक सुरक्षाकर्मी, संगीत समुह र अन्य व्यवस्थापक सदस्यहरूसमेत छन्, जसले सम्पूर्ण कार्यक्रमलाई आकर्षक र शास्त्रीय ढंगले प्रस्तुत गर्नेछ।

यही अवसरमा शितकृष्ण महाराजसमेत पोखरा आइपुगेका छन्। उनले देवी प्रतिभाको कथा वाचन कार्यक्रमको प्रारम्भ समारोहमा प्रवचन दिने कार्यक्रम तय भएको छ।

धार्मिक शुद्धता, आत्मिक उन्नति र सामाजिक समर्पणका लागि महत्वपूर्ण मानिने यस्ता कोटिहोम कार्यक्रमहरूमा सर्वसाधारणको उल्लेखनीय उपस्थिति हुने विश्वास गरिएको छ। आयोजकले श्रद्धालुहरूलाई सहभागी भई पुण्य लाभ लिन आग्रह गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...