News Portal

इखा पुखु पुरानै स्वरूपमा फर्किंदै, काठमाडौं महानगरले सुरु गर्यो पुनर्निर्माण कार्य

संगीता गुरुङ
२१२ पटक

काठमाडौं, वैशाख ४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिच्छविकालीन शैलीमा निर्माण भएको ऐतिहासिक पोखरी ‘इखा पुखु’लाई पुरानै स्वरूपमा फर्काउने उद्देश्यले पुनर्निर्माण सुरु गरिएको जानकारी दिएका छन्।

महानगरको पहलमा झण्डै ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरी करिब साढे ७ रोपनी क्षेत्रफलमा फैलिएको छ। मेयर शाहका अनुसार, त्यसमध्ये ६ रोपनी क्षेत्र पोखरीको पानी संकलनका लागि छुट्याइएको छ।

पोखरी वरिपरि २ मिटर चौडाइ भएको पदमार्ग बनाइँदैछ भने आकाशे पानी संकलन गर्ने प्रविधि पनि राखिने योजना छ। मेयर शाहले यो पुनर्निर्माणबाट काठमाडौंको ऐतिहासिक जल प्रणाली पुनः सक्रिय हुने विश्वास व्यक्त गरेका छन्।

लिच्छविकालीन समयमा पानी संचित गर्नकै लागि काठमाडौंको उत्तरी भेगमा निर्माण गरिएको इखा पुखु समयको फेरमा हराउँदै गएको थियो। अब पुनर्निर्माणसँगै यसको ऐतिहासिक महत्त्व मात्र होइन, वातावरणीय तथा शहरी व्यवस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...