News Portal

शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीको स्पष्ट सन्देश : सरकार माग पुरा गर्न तयार

संगीता गुरुङ
१९४ पटक

काठमाडौँ, वैशाख ३ — लगातार १५ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर रहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मागहरू पुरा गर्ने स्पष्ट प्रतिबद्धता जनाएकी छन्।

एक भिडियो सन्देशमार्फत मन्त्री भट्टराईले शिक्षकहरूको मुख्य मागसम्बन्धी विधेयक संसद्मा अघि बढाउन सरकारले आवश्यक तयारी गरिरहेको बताइन्। उनका अनुसार यही वैशाख १२ गतेदेखि सुरु हुने संसद्को अधिवेशनमा विद्यालय शिक्षा विधेयक–२०८० समेटिनेछ।

“हिजो सम्पन्न मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। शिक्षकहरूको मागलाई सम्बोधन गर्न यही उपयुक्त माध्यम हो भन्ने ठानी यो निर्णय लिएको हो,” मन्त्री भट्टराईको भनाइ छ।

सरकारले आन्दोलनका कार्यक्रमहरू केही समयका लागि स्थगित गर्न आग्रह गरे पनि आन्दोलनरत नेपाल शिक्षक महासंघले ऐन पारित नभएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन निर्णायक चरणमा पुगेको बताएका छन्।

मन्त्री भट्टराईले मन्त्रालयको तर्फबाट सहजीकरण समिति गठन गरेर शिक्षकहरूसँग संवादलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको पनि उल्लेख गरिन्।

शिक्षक आन्दोलनले देशभरको शिक्षण गतिविधिमा असर पारिरहेको सन्दर्भमा अबको केही दिन निर्णायक हुने देखिन्छ। सरकारको प्रतिवद्धता र शिक्षकहरूको दवाबबीच सहमतिको मार्ग खुल्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...