News Portal

शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीको स्पष्ट सन्देश : सरकार माग पुरा गर्न तयार

संगीता गुरुङ
३१९ पटक

काठमाडौँ, वैशाख ३ — लगातार १५ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर रहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मागहरू पुरा गर्ने स्पष्ट प्रतिबद्धता जनाएकी छन्।

एक भिडियो सन्देशमार्फत मन्त्री भट्टराईले शिक्षकहरूको मुख्य मागसम्बन्धी विधेयक संसद्मा अघि बढाउन सरकारले आवश्यक तयारी गरिरहेको बताइन्। उनका अनुसार यही वैशाख १२ गतेदेखि सुरु हुने संसद्को अधिवेशनमा विद्यालय शिक्षा विधेयक–२०८० समेटिनेछ।

“हिजो सम्पन्न मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। शिक्षकहरूको मागलाई सम्बोधन गर्न यही उपयुक्त माध्यम हो भन्ने ठानी यो निर्णय लिएको हो,” मन्त्री भट्टराईको भनाइ छ।

सरकारले आन्दोलनका कार्यक्रमहरू केही समयका लागि स्थगित गर्न आग्रह गरे पनि आन्दोलनरत नेपाल शिक्षक महासंघले ऐन पारित नभएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन निर्णायक चरणमा पुगेको बताएका छन्।

मन्त्री भट्टराईले मन्त्रालयको तर्फबाट सहजीकरण समिति गठन गरेर शिक्षकहरूसँग संवादलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको पनि उल्लेख गरिन्।

शिक्षक आन्दोलनले देशभरको शिक्षण गतिविधिमा असर पारिरहेको सन्दर्भमा अबको केही दिन निर्णायक हुने देखिन्छ। सरकारको प्रतिवद्धता र शिक्षकहरूको दवाबबीच सहमतिको मार्ग खुल्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...