आज : २०२६-०७-१३, सोमबार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं, वैशाख २ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा  गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको  अनुसार छापावाल सुन १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ८६ हजार रुपैयाँ थियो।

यसका साथै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको चाँदी आज १५ रुपैयाँ घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कायम भएको छ।