News Portal

  • सुनवर्षी थानबाट तराई क्षेत्रमा रुपमामेला सुरु

    रबिन्द्र बराल
    १४६ पटक

    मोरङ, वैशाख १ – रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक वर्षको बैशाख १ गते, नयाँ वर्षको अवसरमा विशेष पूजा–आजासहितको मेला लाग्ने चलन छ। सुनवर्षी थान मन्दिरमा विशेष पूजा सम्पन्न हुनुका साथै मेला भर्न आएका भक्तजनको उल्लेखनीय सहभागिता देखिएको थियो।

    बैशाख १ गतेका दिन तराईका विभिन्न देवी–देवताका वासस्थानमा आकर्षक सजावट गरिन्छ। विशेषगरी सुनवर्षी महाराज थानमा भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएको विश्वासका आधारमा माटोको हात्ती, कागजबाट बनाइएको फूलघोडा जस्ता सामग्री चढाउने परम्परा रहेको छ।

    तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरू जस्तै ताजपुरिया, गनगाई, राजवंशी, थारू, माझी, चौधरी आदिले आफ्ना कुलदेवताका रूपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पूजा गर्ने गर्दछन्।

    सुनवर्षी थानबाट सुरु हुने यो मेला वैशाखभरि मोरङको दक्षिणी भेगका विभिन्न थानहरूमा पनि चलिरहन्छ। पूर्वी तराईको झापा, मोरङ, सुनसरी तथा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू मेलामा सहभागी हुने गर्दछन्।

    सुनिन्छ, सुनवर्षी महाराजको ग्राम थानमा पूजा गरेमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। वडा अध्यक्ष कुमार बुढाथोकीका अनुसार, करिब ५० वर्षअघि देखिको यो परम्परामा एक रोचक किम्बदन्ती समेत छ — पोखरीमा बस्ने गोहीले भक्तजनलाई भाँडाकुँडा दिने र अतीतमा गहना माग्दा पोखरीबाट स्वतः निस्कने विश्वास गरिएको पाइन्छ।

    तीन विघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको सुनवर्षी महाराजको ग्रामथान धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको छ। यसको संरक्षण र विकासमा प्रदेश सरकारले समेत विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष बुढाथोकीले जोड दिए।

    उनका अनुसार, यदि सबै पक्षले आ–आफ्नो स्थानबाट योगदान दिएमा यस स्थानको समुचित विकास सम्भव हुने र वर्षभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण पनि सहज हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...