News Portal

सुनवर्षी थानबाट तराई क्षेत्रमा रुपमामेला सुरु

रबिन्द्र बराल
१८९ पटक

मोरङ, वैशाख १ – रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक वर्षको बैशाख १ गते, नयाँ वर्षको अवसरमा विशेष पूजा–आजासहितको मेला लाग्ने चलन छ। सुनवर्षी थान मन्दिरमा विशेष पूजा सम्पन्न हुनुका साथै मेला भर्न आएका भक्तजनको उल्लेखनीय सहभागिता देखिएको थियो।

बैशाख १ गतेका दिन तराईका विभिन्न देवी–देवताका वासस्थानमा आकर्षक सजावट गरिन्छ। विशेषगरी सुनवर्षी महाराज थानमा भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएको विश्वासका आधारमा माटोको हात्ती, कागजबाट बनाइएको फूलघोडा जस्ता सामग्री चढाउने परम्परा रहेको छ।

तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरू जस्तै ताजपुरिया, गनगाई, राजवंशी, थारू, माझी, चौधरी आदिले आफ्ना कुलदेवताका रूपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पूजा गर्ने गर्दछन्।

सुनवर्षी थानबाट सुरु हुने यो मेला वैशाखभरि मोरङको दक्षिणी भेगका विभिन्न थानहरूमा पनि चलिरहन्छ। पूर्वी तराईको झापा, मोरङ, सुनसरी तथा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू मेलामा सहभागी हुने गर्दछन्।

सुनिन्छ, सुनवर्षी महाराजको ग्राम थानमा पूजा गरेमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। वडा अध्यक्ष कुमार बुढाथोकीका अनुसार, करिब ५० वर्षअघि देखिको यो परम्परामा एक रोचक किम्बदन्ती समेत छ — पोखरीमा बस्ने गोहीले भक्तजनलाई भाँडाकुँडा दिने र अतीतमा गहना माग्दा पोखरीबाट स्वतः निस्कने विश्वास गरिएको पाइन्छ।

तीन विघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको सुनवर्षी महाराजको ग्रामथान धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको छ। यसको संरक्षण र विकासमा प्रदेश सरकारले समेत विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष बुढाथोकीले जोड दिए।

उनका अनुसार, यदि सबै पक्षले आ–आफ्नो स्थानबाट योगदान दिएमा यस स्थानको समुचित विकास सम्भव हुने र वर्षभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण पनि सहज हुनेछ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...