News Portal

हत्कडीसहित दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

संगीता गुरुङ
२७८ पटक

काठमाडौँ, चैत्र २९ – राज्यविरुद्धको गतिविधिमा संलग्न भएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ। उनीसँगै अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको हो।

सुरक्षा स्रोतका अनुसार प्रसाईंलाई बिहान करिब १०:०७ बजे भारततर्फबाट प्रदेश १–०१–००२ च ३७९३ नम्बरको गाडीमा नेपाल ल्याइएको थियो। त्यसपछि उनलाई भद्रपुरबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौँ पुर्‍याइएको हो।

यसअघि प्रसाईंको सचिवालयले उनी भारतको आसाममा आत्मसमर्पण गरेको दाबी गरेको थियो। यद्यपि, नेपाल–भारतबीच सुपुर्दगी सन्धि नहुँदा सीमाक्षेत्रमा गैरआधिकारिक रूपमा व्यक्तिहरूको आदान–प्रदान हुने गरेको प्रचलन अनुसार उनी नेपाल ल्याइएको बताइएको छ।

प्रहरी प्रवक्ता डिआईजी दिनेश कुमार आचार्यले तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा फरार रहेका दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनीहरूविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको षड्यन्त्रसम्बन्धी अभियोगमा थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...