News Portal

  • प्रधानमन्त्री ओलीको व्यवहारमा दोहोरो मापदण्ड देखिएको भन्दै आजपा अध्यक्ष प्रभु साहको आपत्ति

    आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक आचरणप्रति कडा असन्तोष जनाएका छन्।

    संगीता गुरुङ
    १६६ पटक

    काठमाडौं, चैत्र २९ – आम जनता पार्ट (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक आचरणप्रति कडा असन्तोष जनाएका छन्। प्रधानमन्त्री ओलीले एउटै विषयमा फरक–फरक व्यवहार देखाएको भन्दै उनले “दुईवटा मापदण्ड” अपनाएको आरोप लगाएका छन्।

    सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै साहले प्रधानमन्त्रीको व्यवहारले देश र जनताले पीडा भोग्नुपरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, “पद र पावरको नाममा जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र मान्यतामा ठेस पुगेको छ।”

    उनको यस्तो अभिव्यक्तिको कारण बनेको छ—प्रधानमन्त्री ओलीले जसपा नेपालबाट निर्वाचित सिराहाको धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय महतोलाई नेकपा एमालेमा टिका–माला लगाएर स्वागत गर्नु। सो घटनाको उदाहरण दिँदै साहले प्रधानमन्त्रीसँग गम्भीर प्रश्न गरेका छन्—“यदि विजय महतोको पार्टी प्रवेश वैध हो भने, मौलापुर नगरपालिकाकी निर्वाचित मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्नुको आधार के हो?”

    गत असोजमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गरिएको थियो, जसको आलोचना गर्दै साहले प्रधानमन्त्रीको निर्णयलाई राजनीतिक पूर्वाग्रही र अनैतिक करार दिएका छन्।

    अध्यक्ष साहले थप लेखेका छन्, “प्रधानमन्त्रीज्यू, अलिकति नैतिकताको कदर गर्नुस्। तपाईँको दोहोरो चरित्रले देशले धेरै भोगिसक्यो। अब समय आएको छ—सत्ता दुरुपयोग होइन, जनता र संविधानको सम्मान गर्नुपर्ने।”

    प्रधानमन्त्री ओलीको पछिल्ला कदमहरूलाई लिएर राजनीतिक वृत्तमा बहस चुलिँदै गएको छ। सत्तापक्ष र विपक्षबीच नैतिकताको सवालमा खटपट बढ्न थालेको देखिन्छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रामनाथ अधिकारीले निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...