News Portal

भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्।

संगीता गुरुङ
२६२ पटक

काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनी हाल भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् र उनलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।

उक्त घटनामा प्रसाईंले प्रहरीमाथि गाडी कुदाएर फरार भएका थिए। त्यसपछिका केही दिन उनी सम्पर्कविहीन रहँदा विभिन्न आशंका र चर्चा चलेका थिए। यद्यपि, सामाजिक सञ्जालमा प्रसाईंले भिडियो सन्देशहरू सार्वजनिक गर्दै आफू फरार नरहेको दाबी गर्दै आएका थिए।

तर, निरन्तर सामाजिक सञ्जालमा देखिँदै आएका प्रसाईंको ठेगाना पहिचान गर्न नसकेको भन्दै सुरक्षाअङ्ग आलोचनाको केन्द्रमा परेका थिए।

तीनकुनेमा भएको प्रदर्शन नियन्त्रणबाहिर जाँदा दुई जनाको ज्यान गएको थियो भने सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।

अब मुख्य अभियुक्त पक्राउ परेसँगै घटनाको अनुसन्धानले नयाँ गति लिने विश्वास गरिएको छ। सुरक्षा निकायहरूले बाँकी संलग्न व्यक्तिहरूको खोजी कार्यलाई अझ तीव्र बनाउने जनाएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...