News Portal

सुनको भाउमा ऐतिहासिक उकालो, नयाँ रेकर्ड कायम

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन भारी उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ।

हिमालीसंचार संवाददाता
२५७ पटक

काठमाडौं, चैत्र २८ – आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन भारी उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप ५ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।

यो दर हालसम्मकै उच्च मूल्य हो। यसअघि गत शुक्रबार सुन प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो, जुन त्यसबेला रेकर्ड मूल्य मानिएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आजको दिनमा उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले वृद्धि भई १ हजार ९ सय रुपैयाँमा पुगेको छ।

सुनको मूल्यसँगै विश्वका प्रमुख सेयर बजारहरूमा पनि सुधारको संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...