News Portal

नारायणी नदीबाट दुई शव उद्धार, सशस्त्र प्रहरीको टोलीको सफलता

नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई शव उद्धार गरेको छ।

संगीता गुरुङ
२८१ पटक

चितवन, २७ चैत्र – पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई शव उद्धार गरेको छ। शवहरु १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाका हुन्।

गत २६ चैत्रमा नदीमा नुहाउन गएका यी बालबालिका डुबेर वेपत्ता भएका थिए। घटनाको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट गोताखोर टोली घटनास्थलतर्फ प्रस्थान गर्यो।

आज बिहान ११:३० बजे टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट उद्धार गरेको थियो भने, दीक्षाको शव दिउँसो १२:३० बजे ५० फिट गहिराइबाट बाहिर निकालिएको थियो।

सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले उद्धार कार्यमा संलग्न टोलीको कठिन परिश्रम र सफलताबारे जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...