News Portal

सतुंगलमा लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौंको सतुंगल क्षेत्रमा सशस्त्र प्रहरीले आज तीन व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ।

संगीता गुरुङ
२९८ पटक

काठमाडौं, २७ चैत्र — काठमाडौंको सतुंगल क्षेत्रमा सशस्त्र प्रहरीले आज तीन व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ्ग-८ निवासी ४५ वर्षीय अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका-२ का ३० वर्षीय सन्दीप सिंह र काठमाडौँ महानगरपालिका-८ का ३३ वर्षीय आसिक सिंह रहेका छन्।

सशस्त्र प्रहरी बलको इंटेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाका आधारमा ती व्यक्तिहरूलाई काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुवाहक बसमा चेकजाँच गर्दै पक्राउ गरेको हो। उनीहरूसँग डाईजोपाम, नोफिन र फेनारगन जस्ता लागुऔषधहरू बरामद भएका छन्।

ती तीनै जनालाई लागुऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...