News Portal

सतुंगलमा लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौंको सतुंगल क्षेत्रमा सशस्त्र प्रहरीले आज तीन व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ।

संगीता गुरुङ
१९९ पटक

काठमाडौं, २७ चैत्र — काठमाडौंको सतुंगल क्षेत्रमा सशस्त्र प्रहरीले आज तीन व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ्ग-८ निवासी ४५ वर्षीय अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका-२ का ३० वर्षीय सन्दीप सिंह र काठमाडौँ महानगरपालिका-८ का ३३ वर्षीय आसिक सिंह रहेका छन्।

सशस्त्र प्रहरी बलको इंटेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाका आधारमा ती व्यक्तिहरूलाई काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुवाहक बसमा चेकजाँच गर्दै पक्राउ गरेको हो। उनीहरूसँग डाईजोपाम, नोफिन र फेनारगन जस्ता लागुऔषधहरू बरामद भएका छन्।

ती तीनै जनालाई लागुऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...