News Portal

रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी

रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी गरेको छ।

संगीता गुरुङ
१९३ पटक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा जाने तयारी गरेको छ।

शुक्रबार साँझ काठमाडौंको हात्तीगौंडास्थित लामिछाने निवासमा पुगेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पार्टीले उक्त पक्राउलाई मानवअधिकार र न्यायिक प्रक्रियाको उल्लंघन भएको दाबी गरेको छ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले प्रहरीको व्यवहार अमानवीय र अपमानजनक भएको बताउँदै भनिन्, “सभापति लामिछाने आफैँ आत्मसमर्पणको तयारीमा थिए भन्ने कुरा सर्वसामान्यले समेत थाहा पाइसकेका थिए। तर, प्रहरीले प्रक्रियालाई बेवास्ता गर्दै शयनकक्षमै पसेर जबर्जस्ती पक्राउ गर्‍यो। यसरी गरिएको गिरफ्तारी अपमानजनक मात्रै नभई गैरकानुनी पनि हो।”

उनले प्रहरी अधिकारीहरूले प्रयोग गरेका केही शब्दहरू आपत्तिजनक भएको उल्लेख गर्दै, यस्ता व्यवहारले नागरिकको अधिकारमाथि गम्भीर प्रहार भएको धारणा राखिन्।

तुलसीपुर उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि सोही आदेश कार्यान्वयन गर्न प्रहरी शुक्रबार राति ८ बजे लामिछानेको घर पुगेको थियो। पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकृतले ‘अन्तिम इच्छा के छ?’ भन्ने प्रश्न गरेको विषय सामाजिक सञ्जालमा व्यापक आलोचना र विवादको विषय बनेको छ।

पक्राउपछि लामिछानेलाई रूपन्देही लगिएको छ, जहाँ उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइनेछ। यस्तै, रास्वपाले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढाउने तयारीसमेत गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...