News Portal

रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी

रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी गरेको छ।

संगीता गुरुङ
२७६ पटक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा जाने तयारी गरेको छ।

शुक्रबार साँझ काठमाडौंको हात्तीगौंडास्थित लामिछाने निवासमा पुगेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पार्टीले उक्त पक्राउलाई मानवअधिकार र न्यायिक प्रक्रियाको उल्लंघन भएको दाबी गरेको छ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले प्रहरीको व्यवहार अमानवीय र अपमानजनक भएको बताउँदै भनिन्, “सभापति लामिछाने आफैँ आत्मसमर्पणको तयारीमा थिए भन्ने कुरा सर्वसामान्यले समेत थाहा पाइसकेका थिए। तर, प्रहरीले प्रक्रियालाई बेवास्ता गर्दै शयनकक्षमै पसेर जबर्जस्ती पक्राउ गर्‍यो। यसरी गरिएको गिरफ्तारी अपमानजनक मात्रै नभई गैरकानुनी पनि हो।”

उनले प्रहरी अधिकारीहरूले प्रयोग गरेका केही शब्दहरू आपत्तिजनक भएको उल्लेख गर्दै, यस्ता व्यवहारले नागरिकको अधिकारमाथि गम्भीर प्रहार भएको धारणा राखिन्।

तुलसीपुर उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि सोही आदेश कार्यान्वयन गर्न प्रहरी शुक्रबार राति ८ बजे लामिछानेको घर पुगेको थियो। पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकृतले ‘अन्तिम इच्छा के छ?’ भन्ने प्रश्न गरेको विषय सामाजिक सञ्जालमा व्यापक आलोचना र विवादको विषय बनेको छ।

पक्राउपछि लामिछानेलाई रूपन्देही लगिएको छ, जहाँ उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइनेछ। यस्तै, रास्वपाले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढाउने तयारीसमेत गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...