News Portal

सुनको मूल्यमा लगातार गिरावट, चाँदीको भाउमा वृद्धि

नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ।

संगीता गुरुङ
२५८ पटक

नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। गत शुक्रबारदेखि घट्न थालेको सुनको भाउ आज सोमबार थप ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ। यस अघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने उकालो लागेको छ। आइतबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...