News Portal

रवि लामिछाने प्रकरण : थुनामा पठाउन उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा

संगीता गुरुङ
२९५ पटक

बुटवल, चैत्र २५ – सुप्रिम बचत तथा सहकारी संस्था घोटाला प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट आएको आदेश अब जिल्ला अदालत रुपन्देहीमा पुगेको छ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले हिमाली सञ्चार टिमलाई जानकारी दिँदै अदालतमा उक्त आदेश इमेलमार्फत प्राप्त भएको पुष्टि गरे। उनका अनुसार अब प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएपछि सो आदेश कार्यान्वयन गरी भैरहवा कारागारमा पठाउने प्रक्रिया अघि बढ्नेछ।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान विमानमार्फत भैरहवा ल्याइएको थियो। आजै अदालतमा उपस्थित गराएर थुनामा पठाउने तयारीमा जिल्ला प्रहरी कार्यालय सक्रिय भएको बताइएको छ।

हिमाली सञ्चार टिमकाे यो समाचारमा थप विवरण आउनेक्रममा अपडेट गरिँदै जानेछ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...