News Portal

रवि लामिछाने प्रकरण : थुनामा पठाउन उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा

संगीता गुरुङ
१९७ पटक

बुटवल, चैत्र २५ – सुप्रिम बचत तथा सहकारी संस्था घोटाला प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट आएको आदेश अब जिल्ला अदालत रुपन्देहीमा पुगेको छ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले हिमाली सञ्चार टिमलाई जानकारी दिँदै अदालतमा उक्त आदेश इमेलमार्फत प्राप्त भएको पुष्टि गरे। उनका अनुसार अब प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएपछि सो आदेश कार्यान्वयन गरी भैरहवा कारागारमा पठाउने प्रक्रिया अघि बढ्नेछ।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान विमानमार्फत भैरहवा ल्याइएको थियो। आजै अदालतमा उपस्थित गराएर थुनामा पठाउने तयारीमा जिल्ला प्रहरी कार्यालय सक्रिय भएको बताइएको छ।

हिमाली सञ्चार टिमकाे यो समाचारमा थप विवरण आउनेक्रममा अपडेट गरिँदै जानेछ।

 

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...