News Portal

  • विप्लवको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न

    विप्लवको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न भयो।

    हिमालीसंचार संवाददाता
    २१० पटक

    काठमाडौं, चैत्र २३ गते – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा आज राजधानीको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भयो।

    देशका विभिन्न स्थानबाट उपस्थित सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहकारीका सचिव दिनेश सीले सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। प्रमुख अतिथि विप्लव सीले ब्यानर पढेर सभाको औपचारिक शुभारम्भ गरे।

    सभामा उपाध्यक्ष सम्झना सीले स्वागत मन्तव्य दिँदै सहभागीहरूलाई धन्यवाद प्रकट गरिन् भने अध्यक्ष सन्देस सीले सहकारीको भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनले उत्पादनलाई बढाएर बजारसम्म पु-याउने, श्रमिकलाई प्रत्यक्षरूपमा समावेश गर्ने र प्रविधिको सदुपयोगमार्फत सहकारीलाई सशक्त बनाउने लक्ष्य राखिएको बताए। हाल सहकारीमा ७२ जना सदस्य रहेको उल्लेख गर्दै अध्यक्ष सन्देसले सदस्यहरूको सक्रिय भूमिका सहकारीको सफलताका लागि निर्णायक हुने धारणा राखे।

    कार्यक्रममा प्रशिक्षक प्रकाश अधिकारी र व्यवस्थापक सुशील सीले संस्थाको वर्तमान अवस्था, कमजोरी, र भावी सम्भावनाहरूको विश्लेषण प्रस्तुत गरे। सहभागी सदस्यहरूले ती विषयमा गम्भीर छलफल गरेका थिए।

    प्रमुख वक्ताका रूपमा मन्तव्य राख्दै महासचिव विप्लव सीले सहकारीलाई उत्पादनसँगै नगद प्रवाहसँग पनि जोड्नुपर्नेमा विशेष जोड दिए। उनले देशको समग्र आर्थिक विकासका लागि सहकारी र उद्योग क्षेत्रको अभिवृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने विचार राखे।

    साधारण सभा उत्साहजनक सहभागिता, विचारपूर्ण छलफल र लक्ष्यकेन्द्रित योजनासहित सम्पन्न भएको छ। आगामी दिनमा यस सहकारी संस्थाले कृषि तथा सहकारी क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...