News Portal

विप्लवको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न

विप्लवको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न भयो।

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं, चैत्र २३ गते – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा आज राजधानीको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भयो।

देशका विभिन्न स्थानबाट उपस्थित सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहकारीका सचिव दिनेश सीले सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। प्रमुख अतिथि विप्लव सीले ब्यानर पढेर सभाको औपचारिक शुभारम्भ गरे।

सभामा उपाध्यक्ष सम्झना सीले स्वागत मन्तव्य दिँदै सहभागीहरूलाई धन्यवाद प्रकट गरिन् भने अध्यक्ष सन्देस सीले सहकारीको भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनले उत्पादनलाई बढाएर बजारसम्म पु-याउने, श्रमिकलाई प्रत्यक्षरूपमा समावेश गर्ने र प्रविधिको सदुपयोगमार्फत सहकारीलाई सशक्त बनाउने लक्ष्य राखिएको बताए। हाल सहकारीमा ७२ जना सदस्य रहेको उल्लेख गर्दै अध्यक्ष सन्देसले सदस्यहरूको सक्रिय भूमिका सहकारीको सफलताका लागि निर्णायक हुने धारणा राखे।

कार्यक्रममा प्रशिक्षक प्रकाश अधिकारी र व्यवस्थापक सुशील सीले संस्थाको वर्तमान अवस्था, कमजोरी, र भावी सम्भावनाहरूको विश्लेषण प्रस्तुत गरे। सहभागी सदस्यहरूले ती विषयमा गम्भीर छलफल गरेका थिए।

प्रमुख वक्ताका रूपमा मन्तव्य राख्दै महासचिव विप्लव सीले सहकारीलाई उत्पादनसँगै नगद प्रवाहसँग पनि जोड्नुपर्नेमा विशेष जोड दिए। उनले देशको समग्र आर्थिक विकासका लागि सहकारी र उद्योग क्षेत्रको अभिवृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने विचार राखे।

साधारण सभा उत्साहजनक सहभागिता, विचारपूर्ण छलफल र लक्ष्यकेन्द्रित योजनासहित सम्पन्न भएको छ। आगामी दिनमा यस सहकारी संस्थाले कृषि तथा सहकारी क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...