News Portal

कोटमैदान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारबाट कोटमैदानतर्फ गइरहेको जिप दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

संगीता गुरुङ
३१३ पटक

बागलुङ, चैत्र २१ – गलकोट नगरपालिका–३ हटिया बजारबाट कोटमैदानतर्फ गइरहेको जिप दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

गलकोट नगरपालिका–११ रिघाका २२ वर्षीय विष्णु रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले पुष्टि गरेका छन्। दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते भएका छन्।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ। जिपमा चार जना सवार रहेको र चैते दशैं मेलामा सहभागी हुन कोटमैदान गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...