News Portal

कमलेश्वर ठाकुर उत्कृष्ट सहकारीबाट सम्मानित

रबिन्द्र बराल
४०२ पटक

मोरङ, चैत्र १८ – रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उत्कृष्ट सहकारीकर्मीको रूपमा सम्मानित भएका छन्।

२०६६ सालदेखि सहकारी क्षेत्रमा यात्रा आरम्भ गरी व्यवस्थापन, सुशासन, र विकासमा विभिन्न पदीय जिम्मेवारी वहन गर्दै आएका र सहकारीका हरेक क्रियाकलापमा महत्वपूर्ण योगदान गरेका कारण उनलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि डा. शरण कुमार पाँडे लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश सरकार अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीले उनलाई सम्मानित गरेको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...