News Portal

शिलु सीसहितका जेल ब्रेक योद्धाहरूको सम्मानमा विशेष समारोह

यस ऐतिहासिक घटनालाई स्मरण गर्दै हरेक वर्ष चैत्र १७ गते ‘जेल ब्रेक दिवस’ अथवा ‘वीरता दिवस’ रूपमा मनाइन्छ।

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं, चैत्र १६ – नेपालमा महिलाहरूले पहिलो पटक सफलतापूर्वक जेल ब्रेक गरेको ऐतिहासिक दिन चैत १७ लाई विशेष रूपमा मनाइँदैछ। २०५७ साल चैत १७ मा गोरखा कारागारमा बन्दी रहेका माओवादी आन्दोलनमा समाहित महिलाहरूले साहसिक रूपमा सुरुङ खनेर जेल ब्रेक गर्न सफल भएका थिए।

तत्कालीन नेकपा माओवादीकी नेतृ उमा भुजेल ‘शिलु सी’ को नेतृत्वमा कमला नहर्की, सपना, मिना मरहट्टा, एन्जीला विक, सञ्जु अर्याल, र रिता विक सहितका महिलाहरूले यो इतिहास रचेका थिए। अभियानमा संलग्न मिना मरहट्टा र एन्जीला विक शहीद भइसकेका छन् भने अन्य योद्धाहरू अझै पनि राजनीतिमा सक्रिय रहेका छन्। कमाण्डर शिलु सी हाल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध छिन् भने अन्य माओवादी केन्द्र तथा अन्य कम्युनिस्ट पार्टीहरूसँग संलग्न छन्।

पुष ११ गते माओ जयन्तीको अवसर पारेर थालिएको यो अभियान चैत १७ मा मात्र सफल भएको थियो। अभियान बीचमा रोकिए पनि पुनः सुचारु गर्दै अन्ततः जेल ब्रेक सम्पन्न गरिएको थियो। कमाण्डर शिलु सीका अनुसार, यस ऐतिहासिक घटनालाई सम्मान गर्दै हरेक वर्ष चैत १७ लाई ‘जेल ब्रेक दिवस’ अर्थात् ‘वीरता दिवस’ का रूपमा मनाइँदै आएको छ।

यस वर्षको विशेष कार्यक्रम नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पहलमा आयोजना गरिएको छ। कार्यक्रममा गोरखा जेल ब्रेककी कमाण्डर तथा नेकपाकी स्थायी समिति सदस्य एवं गण्डक ब्युरो इन्चार्ज शिलु सी सहित सम्पूर्ण सहभागी योद्धाहरूलाई सम्मान गरिनेछ। अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य भृकुटी सीका अनुसार, २५औं जेल ब्रेक दिवसको अवसरमा काठमाडौंको न्युप्लाजास्थित कान्तिपुर सिटी कलेजमा विशेष अभिनन्दन कार्यक्रम आयोजना गरिनेछ। आयोजकहरूले सम्पूर्ण नेता, कार्यकर्ता, तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...