News Portal

चार दलीय समाजवादी मोर्चाद्वारा भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना

हिमालीसंचार संवाददाता
१४८ पटक

चैत्र १४, काठमाडौं – चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गर्ने भएको छ। गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा तथा प्रतिगामी गतिविधिको विरोध गर्दै मोर्चाले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागेको हो।

मोर्चाका अनुसार भ्रष्टाचार नियन्त्रण, शिक्षकमाथि भइरहेको अन्यायको अन्त्य, महँगी तथा कालोबजारीको नियन्त्रण, सुशासन प्रवर्द्धन, बेरोजगारी समस्या समाधान, महिला हिंसा अन्त्य, सहकारी तथा वित्तीय क्षेत्रमा देखिएको अन्योल समाधानलगायत विषय प्रदर्शनको प्रमुख एजेन्डा हुनेछन्।

प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद!’, ‘भ्रष्टाचारविरुद्ध कारबाही गर!’, ‘शिक्षकहरूको समस्या समाधान गर!’, ‘महँगी र कालोबजारी नियन्त्रण गर!’ जस्ता नारा घन्काइने मोर्चाले जनाएको छ।

बुधबार बसेको मोर्चाको बैठकले प्रदर्शनका मुख्य नाराहरू तय गरेको हो। आयोजक पक्षले जनप्रदर्शनमा एक लाखभन्दा बढी समर्थकको सहभागिता रहने दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...