News Portal

चार दलीय समाजवादी मोर्चाद्वारा भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना

हिमालीसंचार संवाददाता
१९६ पटक

चैत्र १४, काठमाडौं – चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गर्ने भएको छ। गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा तथा प्रतिगामी गतिविधिको विरोध गर्दै मोर्चाले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागेको हो।

मोर्चाका अनुसार भ्रष्टाचार नियन्त्रण, शिक्षकमाथि भइरहेको अन्यायको अन्त्य, महँगी तथा कालोबजारीको नियन्त्रण, सुशासन प्रवर्द्धन, बेरोजगारी समस्या समाधान, महिला हिंसा अन्त्य, सहकारी तथा वित्तीय क्षेत्रमा देखिएको अन्योल समाधानलगायत विषय प्रदर्शनको प्रमुख एजेन्डा हुनेछन्।

प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद!’, ‘भ्रष्टाचारविरुद्ध कारबाही गर!’, ‘शिक्षकहरूको समस्या समाधान गर!’, ‘महँगी र कालोबजारी नियन्त्रण गर!’ जस्ता नारा घन्काइने मोर्चाले जनाएको छ।

बुधबार बसेको मोर्चाको बैठकले प्रदर्शनका मुख्य नाराहरू तय गरेको हो। आयोजक पक्षले जनप्रदर्शनमा एक लाखभन्दा बढी समर्थकको सहभागिता रहने दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...