News Portal

बझाङमा नक्कली योजना देखाएर १४ लाखको भ्रष्टाचार, सात जना विरुद्ध मुद्दा

बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना देखाई १४ लाख रुपैयाँभन्दा बढी हिनामिना गरिएको आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

संगीता गुरुङ
२९६ पटक

चैत्र १३, काठमाडौं – बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर १४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा सात जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, प्राविधिक सहायक जनक थापा मगर, लेखापाल मदन राज जोशी, र उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा २०७६/०७७ मा सम्पन्न भनिएको सिम्लका घट्ट सिँचाइँ कुलो निर्माणलाई आधार मानेर २०७७/०७८ मा कुनै काम नगरी अनियमित तरिकाले भुक्तानी लिइएको खुलेको छ। अख्तियारले उनीहरूलाई झुट्टा बिल भरपाई, कागजात लुकाउने, गलत लिखत तयार गर्ने तथा नक्कली कागजातका आधारमा रकम निकासा गरेको आरोप लगाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मुद्दा दायर भइसकेको छ, र दोषी प्रमाणित भए कानुनी कारबाही अघि बढाइनेछ।

 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...