News Portal

जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध, आशु यादव हत्याका दोषीको पक्राउको माग

संगीता गुरुङ
३५२ पटक

चैत्र १३, जनकपुरधाम – होली पर्वका दिन हत्या गरिएका किशोर आशु यादवका परिवार तथा स्थानीयवासीले दोषीहरूलाई शीघ्र पक्राउ गर्न माग गर्दै जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध पारेका छन्।

जनकपुरधाम उपमहानगरपालिका-२३, बिन्दीमा बिहानैदेखि प्रदर्शन जारी छ। मृतकका आफन्त र स्थानीय बासिन्दाले तीन घण्टासम्म सडकमा चक्काजाम गरी दोषीहरूलाई कारबाहीको माग गरेका छन्।

गत चैत २ गते होली खेल्दाको विवादलाई लिएर २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशु यादवलाई घरबाट बोलाई छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका आशुको उपचारका क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

घटनालगत्तै धर्मेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिए पनि छुरा उपलब्ध गराउने व्यक्तिसहित अन्य संलग्नहरू अझै फरार रहेको मृतकका परिवारको गुनासो छ। आशुकी आमा अर्चना यादवले छोराका हत्याराहरू सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै स्थानीयवासीको साथमा प्रदर्शन गर्दै आएकी छन्।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार आशुलाई छाती, ढाड र पेटमा गहिरो चोट लाग्ने गरी छुरा प्रहार गरिएको थियो। प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरिसकेको दाबी गरे पनि अन्य संलग्नहरू अझै फरार रहेका छन्।

मृतक परिवार र प्रदर्शनकारीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरेका छन्। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...