News Portal

एनआरएनए उच्चस्तरीय समितिको वेबसाइटमार्फत सदस्यता लिन ढुक्क भएर सहभागी होऔँ : अध्यक्ष सिंह

हिमालीसंचार संवाददाता
४१७ पटक

चैत्र १२, काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) इटालीका अध्यक्ष भावेश सिंहले उच्चस्तरीय समितिले खोलेको वेबसाइटमार्फत सदस्यता लिन ढुक्क भएर सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार, एनआरएनए उच्चस्तरीय समितिले आफ्नो वेबसाइट www.nrnahlc.com सुरु गर्दै निःशुल्क सदस्यता वितरण प्रक्रिया प्रारम्भ गरेको हो, जुन पूर्ण रूपमा सुरक्षित छ।

सर्वोच्च अदालतको निर्देशनलाई बेवास्ता गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस)मा पहुँच नदिएको स्थिति पछ्याउँदै उच्चस्तरीय समितिले आफ्नै वेबसाइट बनाएको हो।

सिंहले भने, “हामीले बनाएको वेबसाइट एकदमै सुरक्षित छ र सदस्यता लिनका लागि आवश्यक कागजात सहित आवेदन दिन सकिन्छ। यसमा फेस भेरिफिकेशन जस्ता जटिल प्रक्रियाहरू छैनन्।” उहाँले यसै पनि स्पष्ट गर्नुभयो कि वर्तमानमा अपलोड गरिएको डाटा आगामी महाधिवेशन पछि एमआइएस प्रणालीसँग मर्ज गरिनेछ।

एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले पनि सबै एनसीसीहरूलाई उक्त वेबसाइटमा गएर सदस्यता लिन वा नवीकरण गर्न प्रोत्साहित गर्नुभयो। उहाँले कागजातहरूको गोपनीयता सुनिश्चित गर्ने जानकारी दिँदै ३१ मार्च २०२५ सम्म सदस्यता लिन र नवीकरण गर्न आह्वान गर्नुभयो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...