News Portal

एनआरएनए उच्चस्तरीय समितिको वेबसाइटमार्फत सदस्यता लिन ढुक्क भएर सहभागी होऔँ : अध्यक्ष सिंह

हिमालीसंचार संवाददाता
२९५ पटक

चैत्र १२, काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) इटालीका अध्यक्ष भावेश सिंहले उच्चस्तरीय समितिले खोलेको वेबसाइटमार्फत सदस्यता लिन ढुक्क भएर सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार, एनआरएनए उच्चस्तरीय समितिले आफ्नो वेबसाइट www.nrnahlc.com सुरु गर्दै निःशुल्क सदस्यता वितरण प्रक्रिया प्रारम्भ गरेको हो, जुन पूर्ण रूपमा सुरक्षित छ।

सर्वोच्च अदालतको निर्देशनलाई बेवास्ता गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस)मा पहुँच नदिएको स्थिति पछ्याउँदै उच्चस्तरीय समितिले आफ्नै वेबसाइट बनाएको हो।

सिंहले भने, “हामीले बनाएको वेबसाइट एकदमै सुरक्षित छ र सदस्यता लिनका लागि आवश्यक कागजात सहित आवेदन दिन सकिन्छ। यसमा फेस भेरिफिकेशन जस्ता जटिल प्रक्रियाहरू छैनन्।” उहाँले यसै पनि स्पष्ट गर्नुभयो कि वर्तमानमा अपलोड गरिएको डाटा आगामी महाधिवेशन पछि एमआइएस प्रणालीसँग मर्ज गरिनेछ।

एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले पनि सबै एनसीसीहरूलाई उक्त वेबसाइटमा गएर सदस्यता लिन वा नवीकरण गर्न प्रोत्साहित गर्नुभयो। उहाँले कागजातहरूको गोपनीयता सुनिश्चित गर्ने जानकारी दिँदै ३१ मार्च २०२५ सम्म सदस्यता लिन र नवीकरण गर्न आह्वान गर्नुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...