News Portal

गंगाजमुना भदौरे ठोट्नेपानी पवित्रस्थल संरक्षण आयोजनाको परिचय

हिमालीसंचार संवाददाता
६२० पटक

धादिङ— गङ्गाजमुना गाउँपालिका वडा नं ५ फूलखर्क भदौरेस्थित ठोट्नेपानी सुधार, सम्भार, मर्मत तथा गुरुयोजना तयार गर्ने कार्य अघि बढाइएको छ।

गाउँपालिका वडा नं ५ फूलखर्क भदौरेस्थित ठोट्नेपानी पवित्रस्थल ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण स्थान हो। भदौरे ठोट्नेपानी पूर्वमा हालको गङ्गाजमुना गाउँपालिकाको वडा नं १ तावल, लाबा खादिङ, ताजिमराङ, रूबीभ्याली, पश्चिममा गोरखा आरूघाट जोड्ने परापूर्वकालदेखि चलिआएको प्रमुख पैदल मार्गमा पर्ने महत्वपूर्ण स्थल हो। हाल सडक यातायात पनि यहीँ मार्ग हुँदै सञ्चालनमा छ।

यस स्थलको सिमाना पूर्वमा रूबीभ्याली हुँदै रसुवा र नुवाकोट, पश्चिममा गोरखाको आरूघाट, उत्तरमा गङ्गाजमुना तीर्थस्थल हुँदै चीनको स्वायत्त क्षेत्र तिब्बत, र दक्षिणमा आँखु नदी रहेको छ। आँखु नदी हुँदै यो बाटो धादिङ तथा काठमाडौंसम्म जोडिएको छ।

ऐतिहासिक सम्बन्ध

भदौरे ठोट्नेपानी क्षेत्रमा परापूर्व कालदेखि चित्राफुङ्गा लिएर बेच्न आउने यात्रुहरू बस्ने गर्दथे। दशैँ, तिहार, जाडो मौसममा खसी, बोका, भेडा गोठमा राखेर खरिद-बिक्री गर्ने परम्परा थियो।

स्व. रणबहादुर अधिकारीले फूलखर्क गाउँको उत्तरमा पर्ने जग्गा अंशमा लिएर घर निर्माण गरी, पशुचरण र पानीको व्यवस्थाका लागि ठोट्नेपानी क्षेत्रको स्थापना गर्नुभएको थियो, जुन आजसम्म पनि सुरक्षित छ। उहाँको बसोबास रहेको क्षेत्रलाई ‘भदौरे’ भनेर चिनिन्छ।

फूलखर्कका समाजसेवी स्व. चेतबहादुर अधिकारी (भूपाल काजी) ले काठमाडौंबाट शिक्षक ल्याई त्यस क्षेत्रमा भाषा पाठशाला स्थापना गर्नुभएको थियो। शिक्षकका लागि आवाससहितको व्यवस्था गर्नुभएको थियो, जसको भग्नावशेष अहिले पनि देख्न सकिन्छ।

त्यस क्षेत्रमा चरनका लागि प्रयोग गरिने जमिन, पानी पोखरी, चौतारा, पँधेरा तथा यात्रुहरूका लागि पौवा-ठाटी निर्माण गरिएको थियो। भदौरे ठोट्नेपानी स्थल करिब ३० रोपनीमा फैलिएको छ।

संरक्षणको आवश्यकता र उद्देश्य

ऐतिहासिक महत्त्व बोकेको यस स्थानको पुनर्जीवन र पुस्तान्तरण गर्दै पुनर्निर्माण, संरक्षण, ग्रामीण पर्यटन प्रवर्द्धन तथा धार्मिक मेला/महोत्सव आयोजनाबाट स्थानीय आयआर्जन वृद्धि गर्न आवश्यक देखिएको छ।

भदौरे ठोट्नेपानी पवित्रस्थल संरक्षणका लागि पहिचान गरिएका कार्यहरू:

१. गुरुयोजना निर्माण

भदौरे ठोट्नेपानी पवित्रस्थलको ३० रोपनी क्षेत्रको गुरुयोजना तयार गर्ने।

साविकका महत्वपूर्ण संरचनाहरू संरक्षण गरी नयाँ संरचनाको प्रस्ताव गर्ने।

इञ्जिनियरको सहयोगमा नक्सांकन तथा रेखाङ्कन गर्ने।

योजनाबद्ध रूपमा कार्यक्रमहरू कार्यान्वयन गर्ने।

२. तत्काल सम्पन्न गरिने कार्यक्रमहरू

1. गुरुयोजनामा मठ-मन्दिर, पानी पोखरी, धारा, सामुदायिक भवन, पौवा, चौतारा, मेला क्षेत्र, धार्मिक वन, बगैँचा, उद्यान आदि समेट्ने।

2. उपलब्ध स्थानीय सामग्री प्रयोग गरी भत्किएको ढुंगे पर्खालको मर्मत गर्ने।

3. मन्दिर निर्माण गर्ने (गुम्बज शैलीमा दुई तले उच्च डिजाइन)।

4. मन्दिर परिसरमा अन्य देवी-देवताका मूर्तिहरू स्थापनाका लागि स्थान निर्धारण गर्ने।

5. पालिका, प्रदेश सरकार, संघीय सरकारसँग सहयोगका लागि प्रयास गर्ने।

6. हरियाली प्रवर्द्धन गर्न धार्मिक वन, फलफूल बगैँचा, उद्यान निर्माण गर्ने।

7. चौताराहरूको ऐतिहासिकता र वर्तमान आवश्यकताअनुसार मर्मत गर्ने।

8. ढुंगे धाराको मर्मत तथा पुरानो पोखरी पुनर्स्थापना गर्ने।

9. सहयोगदाता/दाताहरूको साथमा मन्दिर निर्माण तथा गङ्गाजमुना तीर्थस्थल जाने भक्तजनहरूको सुविधाका लागि पार्टी पौवा/ठाटी जस्ता सामुदायिक भवन निर्माण गर्ने।

10. गुरुयोजना अनुसार भक्तजनहरूले चाहेको देवी-देवता वा बुद्ध मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गर्ने।

11. गङ्गाजमुना गाउँपालिकाको संरक्षणमा ‘भदौरे पवित्र क्षेत्र संरक्षण समिति’ गठन गर्ने र समितिलाई स्वायत्त बनाउने।

सम्पर्क व्यक्ति

विचार प्रवर्तक: श्री प्रभाकर अधिकारी (फोन नं: ९८५११३७३०३)

अभियन्ता/संयोजनकर्ता: श्री प्रजुन कुमार अधिकारी (फोन नं: ९८५१३१०१४५)

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...