News Portal

जिल्ला प्रशासन मोरङ र रंगेली प्रहरी धाउँदा पनि न्याय पाएनन्

रबिन्द्र बराल
३३८ पटक

चैत्र ६, मोरङ – मोरङको सुनवर्सी नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश सरदारले पाँच वर्ष अघि वैदेशिक रोजगारीका लागि रकम बुझाए पनि हालसम्म पैसा फिर्ता नपाएको गुनासो गरेका छन्।

प्रकाश सरदारका अनुसार, रंगेली–७ निवासी मफुस खानले ८९ हजार ५ सय रुपैयाँ लिई वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए। तर, मेडिकल चेकजाँचका क्रममा समस्या देखिएपछि विदेश नजाने निर्णय गर्दा उनले मफुस खानलाई रकम फिर्ता गरिदिन अनुरोध गरे। यद्यपि, अहिलेसम्म उनले १० हजार रुपैयाँ मात्र फिर्ता दिएका छन्, बाँकी रकम फिर्ता गर्न अस्वीकार गरेका छन्।

प्रशासन र प्रहरी कार्यालयमा निवेदन दर्ता भए पनि सुनुवाइ भएन

पीडित प्रकाश सरदारका अनुसार, २०७९ साउन १० गते उनले आफू लगायत ६ जनाले मोरङ जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए। दर्ता नम्बर १६३/४१० रहेको उक्त निवेदनमा साउन ११ गते छलफल गर्ने सहमति भए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन।

यसैगरी, उनले इलाका प्रहरी कार्यालय रंगेलीमा पनि पटक–पटक निवेदन दिएका भए पनि हालसम्म रकम फिर्ता दिलाउन कुनै कारबाही नभएको बताएका छन्।

एजेन्टले गाउँका धेरै युवाबाट रकम लिएको आरोप

प्रकाश सरदारले आफू मात्रै नभई, मफुस खानले गाउँका अन्य युवाहरूबाट पनि ठगी गरेको आरोप लगाएका छन्। उनले भने, “एजेन्टले धेरै युवाको पैसा लिएर फिर्ता दिएको छैन। प्रशासनबाट पनि न्याय नपाएपछि मिडियामार्फत आफ्ना गुनासा सार्वजनिक गर्न बाध्य भएको हुँ।”

उनले सम्बन्धित निकायलाई न्याय दिलाउन अनुरोध गर्दै आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...