News Portal

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुक्रबारदेखि सुरु हुँदै

लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आगामी शुक्रबारदेखि सुरु हुने भएको छ।

हिमालीसंचार संवाददाता
३४७ पटक

चैत्र ६, काठमाडौं – लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आगामी शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास र पर्यटन मन्त्रालयसँगको सहकार्यमा यो महोत्सव आयोजना गर्न लागेको हो।

पर्यटन बोर्डका अनुसार, महोत्सव ७ चैत २०८१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ। यस महोत्सवले नेपाल, चीन तथा अन्य मुलुकहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

विशेष कार्यक्रमहरू

महोत्सवको ८ चैत का दिन मायादेवी मन्दिरस्थित पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र आयोजना गरिनेछ। त्यसैगरी, ९ चैत मा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन सञ्चालन गरिनेछ।

महोत्सव अन्तर्गत लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोङ हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोह जस्ता विविध कार्यक्रम समेटिएका छन्। वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह आयोजना गरिनेछ।

विभिन्न संघसंस्थाको सहभागिता

यो महोत्सवलाई सफल बनाउन लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोर्ट्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर लगायतका स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहनेछ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदान–प्रदान प्रवर्द्धन गर्न गरेको प्रतिबद्धताको प्रतीक भएको बताए।

“हामी विश्वभरका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव लिन र शान्ति तथा सौहार्दता मनाउन निमन्त्रणा गर्छौं,” जोशीले भने।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...