News Portal

नाबालिगलाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोप, एक जना पक्राउ

काठमाडौंमा अवैध रूपमा बालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा प्रहरीले एक गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३३० पटक

काठमाडौं, चैत्र ६ – काठमाडौंमा अवैध रूपमा बालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा प्रहरीले एक गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा, पालुङटार नगरपालिका-६ का ४५ वर्षीय शम्भुलाल मल्ललाई नियन्त्रणमा लिएको हो। उनी काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित ‘पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका थिए।

प्रहरीका अनुसार, गेष्ट हाउसभित्र नाबालिग बालिकाहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइएको गोप्य सूचना प्राप्त भएपछि सोमबार अपराह्न छापा मारिएको थियो। सो क्रममा प्रहरीले दुई बालिकाको उद्धार गरेको छ। मंगलबार ती बालिकाहरूले आधिकारिक रूपमा जाहेरी दिएका छन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मल्लविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...