News Portal

कोशी र मधेसमा हुरीबतासको चेतावनी, सतर्कता अपनाउन आग्रह

हिमालीसंचार संवाददाता
२६० पटक

चैत्र ५, काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्य छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुनसक्ने विभागले जनाएको छ।

यस्तै, अपराह्नतिर कोशी र मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतास चल्न सक्ने अनुमान गरिएको छ। यसले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान छ। आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...