News Portal

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासीक अधिवेशन ३० नोवेम्बरमा हुने

सुरेश गुरुङ
८३९ पटक

नोभेम्बर २५, कुवेत– विश्वका अदिवासी जनजाती एक हौ”भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको तैयारी पुरा भएको आयोक ले जानकारी दिएका छन्।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कुबेत मा आवद्ध ८ संस्थाहरु सुनुवार सेवा समाज कुवेत, मगर संघ कवेत, किरात राई यायोक्खा कुबेत, नेपाल तामाङ घेदुङ कुबेत, तमू समाज कुवेत, किरात याक्थुङ चुम्लुङ कुबेत, तमू प्ये ल्हु संग कुबेत, नेवाँ गुठी कुबेत सहभागिता रहने भएको छ। कार्यक्रम लाई थप मनोरन्जनको लागि कुवेतका बिभिन्न जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाकी र अन्य साँस्कृतिक प्रस्तुतिहरु गर्ने गरी रंगी बिरंगी सांस्कृतिक कार्यक्रम रहने आयोजक ले जानकारी दिएका छन्।

कुवेतमा कृयाशील सम्पूर्ण नेपाली संघ संस्था सामजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितीको लागि यहाँहरूलाई पत्रचार गरि सकिएको भएता पनि भुलचुक वा अन्य कारणबाट पत्र पाउन सक्नु भएको छैन भने यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भई दिन आयोजक महासंघ कुवेतले हार्दिक अनुरोध गरेको छ।

थप जानकारी
कार्यक्रम : तेस्रो ऐतिहासिक अधिवेशन
मिति : नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय : ठिक १२ बजे देखी
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक : आदिवासी जनजाति महासंघ कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...