News Portal

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासीक अधिवेशन ३० नोवेम्बरमा हुने

सुरेश गुरुङ
७७३ पटक

नोभेम्बर २५, कुवेत– विश्वका अदिवासी जनजाती एक हौ”भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको तैयारी पुरा भएको आयोक ले जानकारी दिएका छन्।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कुबेत मा आवद्ध ८ संस्थाहरु सुनुवार सेवा समाज कुवेत, मगर संघ कवेत, किरात राई यायोक्खा कुबेत, नेपाल तामाङ घेदुङ कुबेत, तमू समाज कुवेत, किरात याक्थुङ चुम्लुङ कुबेत, तमू प्ये ल्हु संग कुबेत, नेवाँ गुठी कुबेत सहभागिता रहने भएको छ। कार्यक्रम लाई थप मनोरन्जनको लागि कुवेतका बिभिन्न जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाकी र अन्य साँस्कृतिक प्रस्तुतिहरु गर्ने गरी रंगी बिरंगी सांस्कृतिक कार्यक्रम रहने आयोजक ले जानकारी दिएका छन्।

कुवेतमा कृयाशील सम्पूर्ण नेपाली संघ संस्था सामजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितीको लागि यहाँहरूलाई पत्रचार गरि सकिएको भएता पनि भुलचुक वा अन्य कारणबाट पत्र पाउन सक्नु भएको छैन भने यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भई दिन आयोजक महासंघ कुवेतले हार्दिक अनुरोध गरेको छ।

थप जानकारी
कार्यक्रम : तेस्रो ऐतिहासिक अधिवेशन
मिति : नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय : ठिक १२ बजे देखी
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक : आदिवासी जनजाति महासंघ कुवेत।

प्रतिकृया दिनुहोस्

कुवेत–काठमाडौं जोडिएको मानव तस्करीको जालो उजागर

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...