News Portal

छोराद्वारा बुबालाई चक्कु प्रहार

घरेलु विवादका कारण छोराद्वारा बुबालाई चक्कु प्रहार गरी घाइते बनाएका छन्।

रबिन्द्र बराल
४५४ पटक

चैत्र ५, मोरङ – रंगेली नगरपालिका-७ स्थित तित्री टोलमा बस्ने ६१ वर्षीय चन्देश्वर चौधरीलाई निजकै ३५ वर्षीय छोरा अशोक चौधरीले घरेलु विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका छन्।

चक्कु प्रहारबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। सोमबार दिउँसो ४ बजे छोराले बुबामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको छ, जहाँ हाल उनको उपचार जारी छ। यस घटनामा संलग्न छोरा अशोक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको रंगेली प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...