News Portal

मकवानपुरमा भारतीय गाडी दुर्घटना, चार जना घाइते

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा दुर्घटनामा परी ४ जना भारतीय नागरिक घाइते भएका छन्

संगीता गुरुङ
१८३ पटक

चैत्र ४, मकवानपुर – काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चार जना भारतीय नागरिक घाइते भएका छन् भने उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार, सोमबार बिहान इन्द्रसरोवर गाउँपालिका-३, धाराखोल्छा नजिकैको दक्षिणकाली सडक खण्डमा युपी ७० एनटी ६९१७ नम्बरको गाडी अनियन्त्रित भई सडक किनारमा ठोक्किएको थियो। प्रहरीका अनुसार, दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ।

गाडीमा १७ जना सवार थिए, जसमध्ये चार जना घाइते भएका छन्। हाल घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...